आठराईत्रिवेणी ३ को लिम्बुवान अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा समिति गठन भएको हो ।

मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ, रीता मादेन, प्रान्तीय सदस्य रुपा चोङबाङ, जिल्ला सदस्य सेरहाङ सेन्दाङ, एलभी कमाण्डर असिम पोमु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवशेनबाट यक्सोको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा भरत रसाइली, अरुण आङ्बुहाङ, छत्र आङ्बुहाङ, तेज कुमार सबेन्हाङ, सचिवमा सन्तोष श्रेङ्ग, सह–सचिवमा विश्व राज यक्सो र अर्थ सचिवमा सेर बहादुर यक्सो निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा विश्व राज आङ्बुहाङ, प्रेम यक्सो, सन्त कुमार यक्सो, इन्द्र बहादुर यक्सो, मदन माबोहाङ्ग, सुजन यक्सो, राजन यक्सो, विशाल यक्सो, कुमार माबोहाङ, सौगात यक्सो, सुसन माबोहाङ, अरुन माबोहाङ, आइत राज श्रेङ, सौगात प्राङ्देन, छत्र पति आङ्बुहाङ, मान बहादुर आङ्बुहाङ, काजीमान प्राङ्देङ, रोसन चौहान, सुमन प्राङ्देन, देबिदास आङ्बुहाङ, दिपक प्रसाईं, सुर्य दिप आङ्बुहाङ र विशाल हाङ्गाम रहेका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...