आठराईत्रिवेणी ३ को लिम्बुवान अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा समिति गठन भएको हो ।

मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ, रीता मादेन, प्रान्तीय सदस्य रुपा चोङबाङ, जिल्ला सदस्य सेरहाङ सेन्दाङ, एलभी कमाण्डर असिम पोमु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवशेनबाट यक्सोको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा भरत रसाइली, अरुण आङ्बुहाङ, छत्र आङ्बुहाङ, तेज कुमार सबेन्हाङ, सचिवमा सन्तोष श्रेङ्ग, सह–सचिवमा विश्व राज यक्सो र अर्थ सचिवमा सेर बहादुर यक्सो निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा विश्व राज आङ्बुहाङ, प्रेम यक्सो, सन्त कुमार यक्सो, इन्द्र बहादुर यक्सो, मदन माबोहाङ्ग, सुजन यक्सो, राजन यक्सो, विशाल यक्सो, कुमार माबोहाङ, सौगात यक्सो, सुसन माबोहाङ, अरुन माबोहाङ, आइत राज श्रेङ, सौगात प्राङ्देन, छत्र पति आङ्बुहाङ, मान बहादुर आङ्बुहाङ, काजीमान प्राङ्देङ, रोसन चौहान, सुमन प्राङ्देन, देबिदास आङ्बुहाङ, दिपक प्रसाईं, सुर्य दिप आङ्बुहाङ र विशाल हाङ्गाम रहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...