दमकमा झापा माइपश्चिमका कियाचू आजीवन सदस्य भेला सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, १४ झापा । किरात याक्थुङ चुम्लुङको आजीवन तथा संरक्षक सदस्य भेला झापा माई पश्चिम क्षेत्रका नगर र गाउँपालिका निवासीहरूको फागुन १३ गते दमकस्थित किरात भवनमा सम्पन्न भएको छ ।

चुम्लुङको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आवश्यक राय, सल्लाह र सुझाव सङ्कलन गर्न सदस्य भेला गरिएको आयोजक चुम्लुङ जिल्ला शाखा झापाले जनाएको छ । राष्ट्रिय महाधिवेशन फागुन २८, २९ र ३० गते पान्थरको फेदेनमा सम्पन्न हुने निश्चित भएको छ ।

माईपश्चिम क्षेत्र दमक, शिवसताक्षी, गौरादह नगरपालिका र कमल, गौरीगञ्ज गाउँपालिका निवासी कियाचु आजीवन तथा संरक्षक सदस्यहरूलाई भेला गराई आवश्यक सल्लाह सुझाव सङकलन गरिएको छ । उल्लेखित क्षेत्रका करिव ३५० जना सदस्यहरूलाई आमन्त्रण गरिएकोमा करिव ६ दर्जन सदस्यहरूको मात्र उपस्थिति रहेको थियो ।


उपस्थित संख्यालाई तीन समूहमा विभाजन गराई केन्द्रीय महाधिवेशन तयारी समितिले आगामी महाधिवेशनमा छलफलको निमित्त प्रस्तुत गरिने ६ बुँदाका एजेण्डाहरू माथी छलफल गराइयो ।

छलफलमा उठेका विषय उपर समूहले निष्कर्षमा ल्याएका बुँदागत विषयहरू समूह १ का समूह नेता चन्द्र कन्दङवा, समूह २ समूह नेता आकाश लाओती र समूह ३ का समूह नेता साहित्यकार सेसेमी से–नाल्वोले आफ्नो समूहमा उठेका निष्कर्षका बुँदाहरू सविस्तार वाचन गरेर सुनाएका थिए । जसमा समूह ३ का प्रमुख लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी नाल्वोले वर्तमान परिप्रेक्ष्यमा उठिरहेको लिम्बू भाषा आलेखनको सन्दर्भका विषयलाई पनि आसन्न राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरि टुङ्गो लगाउनुपर्ने बताए ।

यो कुरा पनि केन्द्रीय सदस्यहरूले महाधिवेशनमा छलफलको एजेण्डा बनाउन रिपोर्ट गरि टुङ्ग्याउनु पर्ने कुरा बताउनुभयो ।
समूहगत रूपमा उठेका राय, सुझाव र सल्लाहहरू लिखित रूपमा केन्द्रीय सदस्य पूर्णबहादुर हाङस्रोङ र विष्णुमाया चेम्जोङलाई समूह प्रमुखहरूले बुझाएका छन् ।
कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य पूर्णबहादुर हाङस्रोङले आजीवन र संरक्षक सदस्यहरूले छलफल गरि आफ्नो राय, सल्लाह र सुझावहरू बुँदागत लिखित रूपमा बुझाएका कुराहरूलाई राष्ट्रिय महाधिवेशनमा छलफल हुने गरि पठाउने कुरामा जोड दिनुभयो ।

सदस्यहरूबाट लिखित रूपमा पेश भएका कागज पत्र ग्रहण गर्नुहुँदै केन्द्रीय सदस्य हाङस्रोङ्ले राष्ट्रिय महाधिवेशनमा छलफलको निमित्त हु–बाहु रिपोर्टिङ गर्ने बचन बद्धता पनि व्यक्त गर्नुभएको थियो ।
कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले स्वागत मन्तव्य राख्नुभएको थियो भने चुम्लुङको संगठनात्मक सम्बन्धि केहि आवश्यकीय कुरा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिङ सङबाङफेले राख्नुहुँदै आफ्नो राय, सल्लाह र सुझाव पेश गर्नु भएको थियो ।
आसन्न महाधिवेशन सफल पार्नको निमित्त सम्पूर्ण सदस्यहरूले सर्–सहयोग गरौं भन्ने मूल उद्धेश्यका साथ आयोजित भेलामा राष्ट्रिय चुम्लुङ सदस्य तथा तान्छोप्पा झापा

प्रतिनिधि र वितरक गुमानसिङ् सम्बाङफेले तान्छोप्पा पत्रिकाको वितरण अवस्था सहित आफ्नो राय, सुझाव प्रस्तुत समेत गर्नु भएको थियो भने चुम्लुङ दमक नगर शाखा सचिव सुक बहादुर सोदेम्बाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
स्मरण रहोस्, फागुन १३ गते माईपश्चिम क्षेत्रका सदस्य भेला गरिएको थियो भने माईपूर्वका सदस्य भेला फागुन १६ गते विर्तामोड पश्चिम पश्चिम बसस्टेण्डस्थित सेन्टर पार्टी प्यालेसमा आजीवन सदस्य भेला गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...