दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लिम्बुवानखबर, १४ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद दमक नगर र कमल गाउँपालिकाको कार्यकाल सकिएपनि नियमित अधिबेशन हुन सकेको छैन । विधानत तीन बर्षे पदावधिको कार्यकाल सकिएपनि नियमित अधिबेशन गर्न आनाकानी गरिआएको जातीय संस्थाहरुले वताउँदै आएका छन् । जसले गर्दा महासंघ निस्कृय बन्ने अवस्थामा पुगेको छ ।
समयमै अधिबेशन गर्न नसकिएका कारण संस्थाको गतिविधि ठप्प मात्र नभई कामविहीन अवस्थामा पुगेका छन् । महासंघ जातिय संस्थाहरुको छाता संगठन हो । यसको जातिय संस्थाहरुले आलोपालो नेतृत् व गर्ने अभ्यास रहिआएको छ । दमकमा महासंघ गुमानसिंह तामाङ र कमलमा छत्रहाङ फागोको नेतृत्व छ । दुवै नेतृत्वले महासंघलाई विधानत अघि बढाउन खासै चासो नदेखाएको जातिय संस्थाहरुको आरोप छ ।
महासंघ दमक नगर समन्वय परिषदको २०७४ असोज ६ गते सम्पन्न तेश्रो अधिबेशनले तामाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको थियो । सोहि अधिबेशनमार्फत महासंघसंगै राष्ट्रिय आदिवासी महिला महासंघ दमकको सांगाठानिक हालत उस्तै छ । महासंघको नेतृत्वले कोभिड लगायतका समस्या देखाउदै कार्यकाल लम्व्याउन उद्दत भएको आरोप लाग्दै आएको छ । पछिल्ला समय कोभिडको जोखिम विस्तारै हट्दै गएपनि महासंघलाई अधिबेशनको वातावरण निर्माण गर्न आलटाल गरिआएको राजवंशी विकास समिति दमकका अध्यक्ष भरुवा राजवंशीले बताए ।
महासंघ दमकको कार्यकाल सकिएपनि अधिबेशन गराउन नेतृत्वले चासो नदिएको आरोप लगाउदै उनले अव महासंघले जतिछिटो अधिबेशन गर्ने तर्फ चासो दिनुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, –‘महासंघ दमकको नेतृत्वले संस्थाको नियमित अधिबेशन गराउन समय गुर्जिसकेपनि त्यसतर्फ चासो दिएका छैन् ,यसकै कारण महासंघ निस्कृय अवस्थामा पुगिसकेको छ ’ जातिय संस्थाले दबाब दिन नसक्दा समेत महासंघको नेतृत्व गुपचुप रहेको उनको भनाई छ ।
आदिवासी संग्रहालय निर्माण कार्य अलपत्र
यता महासंघले दमक ८ मा शुरु गरेको आदिवासी संग्रहालय निर्माण कार्य अलपत्र बन्न पुगेको छ । महासंघको त्यहाँ ९ कठ्ठा जमीन छ । माओवादी केन्द्रका नेता गगन पुरीले ३ कठ्ठा, देउप्रसाद लिम्बूले १ कठठा र अन्य आफै खरिद गरि कुल ९ कठठा जमीनमा शुरु गरिएको संग्राहालयको काम लथालिङ बन्न पुगेको हो । तर, महासंघले शुरु गरेको कामले शुरुवात हुनै नपाउदाँ नगरपालिकाले त्यसमा भाजो हाल्ने काम शुरु गरेको पाईएको छ । नगरपालिकाले एकतर्फी रुपमा आदिवासी संग्रहालयलाई बहुजातिय संग्रहालय नामाकरण गरि भाजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ ।
महासंघ झापा जिल्ला समन्वय परिषदका पूर्व अध्यक्ष पारषमणि राईले आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासंघले संग्रहालय बनाउने लक्ष्य राखेर काम शुरुवात गरिएपनि नगरपालिकाले भाजो गरेर काम प्रभावित बनाएको बताउँछन् । उनले आदिवासी,जनजातिको ऐतिहासिकता, सम्पदाको संरक्षण गर्न स्थानीय सरकारले साथ र सहयोग गर्नु पर्नेमा उल्टै अल्झन थप्ने कार्य ठिक नभएको तर्क गर्छन् । उनले भने,–‘स्थानीय सरकारले आफूखुसी भएका सम्पदा तोडफोड गर्ने कार्य कदापि स्वीकार्य छैन् ’ ।
फाल्गुनन्द सभागृहको नाम परिवर्तन गरी दमक सभागृह राखिएको प्रति जनजाती अगुवाहरुको विरोध
दमक नगरपालिकाले दमक ९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघिनै परिवर्तन गरि दमक सभागृह बनाएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको उपस्थितिमा त्तत्कालीन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशकै सवैभन्दा ठुलो सभागृह बनाउने गरि फाल्गुनन्द सभागृहको नाममा शिलान्यास गरेका थिए । तर शिलान्यास गरि निर्माणको आधाकाम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो ।
सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आएपनि नगरपालिकाले त्यसबारे सुन्न समेत चाहेको छैन् । आदिवासी अगुवा समेत रहेका जनता समाजवादी झापाका अध्यक्ष दिपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावना माथि खेलवाड गर्न उद्दत भएको आरोप लगाउँछन् । भन्छन्,–‘ आदिवासी जनजातिको पहिचान माथि आक्रमण गर्ने कुनै किसिमका कदम हामीलाई स्वीकार्य छैन् ।’
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...