चुलाचुली २ को लिम्बुवान अध्यक्षमा पूर्ण देवान निर्वाचित

 लिम्बुवान न्युज
                       

चुलाचुली, १५ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली २ को चौथो वडाअधिवेशन सम्पन्न भएको छ । आइतबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा बाह्रगोठेस्थित वडाकार्यालयको सभाहलमा आयोजित अधिवेशनले पूर्ण देवानको अध्यक्षतमा ३१ सदस्यीय कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

आज आयोजित अधिवेशनले उपाध्यक्षहरुमा झगडसिङ राई, इन्द्र तामाङ, शक्ति लावती, मनु इङनाम, उपेन्द्र योङहाङ चयन गरेको छ । त्यसैगरी सचिवमा विनु राई, सहसचिवमा मंगलसिं मुदेनसङ र अर्थसचिवमा कमला इङनाम निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा क्रमशः नरमती लिम्बु, शुकमाया काम्बाङ, सुरेश राई, अष्टदेव योङया, धनबहादुर केदेम, सञ्जय केदेम, कर्ण बहादुर इधिङगो, पुर्णिमा लिम्बु, सागर राई, समीर नेपाली, नक राई, जीवन वेघा, मदन लिम्बु, देवीकुमारी देवान, शर्मिला कुमाल, रामकुमार आङदेम्बे, गंगा बहादुर लेकवा, निसान इङनाम लिम्बु, कैलास राई, प्रविन कुमाल, सुभास मेयाङबा र हर्क बहादुर कुमाल रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव लावतीले संघीयताको मुद्दालाई संस्थागत गर्दै नेपाललाई संघीयता उन्मुख बन्न बाध्यकारी बन्ने प्रक्रियाको एक अंशको रुपमा मञ्च र लिम्बुवानको महत्वपूर्ण भूमिका भएको हुँदा अब संघीयता कार्यान्वयन नभए देशमा स्थायी शान्ति र अमनचयन कहिल्यै नहुने बताएका छन् । चुलाचुली लिम्बुवान आन्दोलनको जग हो भन्दै महासचिव लावतीले भने राष्ट्रिय शहिद राजकुमार आङ्देम्बेको रगतले लेखिएको पहिचानको आन्दोलन कदापी रोखिने छैन । संघीयता, समानुपातिक, समावेशीताको आन्दोलन लिम्बुवान सहितको १०+१ प्रान्त स्थापना नभईन्जेल निरन्तर रहने बताए ।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि मञ्चका सचिवालय सदस्य दिपक योङहाङले लिम्बुवान आन्दोलनको जगबाट निर्माण भएको संघीयता अब ढिलो चाडो संस्थागत हुने बताए । यसैगरी मञ्चका प्रान्तीय सदस्य बिरेन्द्र याक्थुङवा, जिल्ला अध्यक्ष विपिन योङया लगायत नेताहरुले वडाअधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

चुलाचुली २ का युवा नेता सञ्जय इङनामको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य रत्न बहादुर तिरुवाले गरेका थिए । यसैगरी उक्त कार्यक्रमलाई युवा तथा समाजसेवी नरेन्द्र लेक्वाले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...