लोसपाका केन्द्रीय नेता सहितले पार्टी परित्यागको गरे घोषणा

 लिम्बुवान न्युज
                       


दमक, १७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश– १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । आफनाे पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको भन्दै झापाको दमकमा पत्रकार सम्मेलन गर्दै मंगलवार पार्टीका असन्तुष्टहरुले पत्रकार सम्मेलन गरि सामूहिक रुपमा पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टी भित्र कुनै छलफल नै नगरि अन्धाधुन्द ढंगबाट आफनो पार्टीका सांसदले एमसीसीका पक्षमा मतदान गरि अनुमोदन गराउन सहयोग पुरयाँएको भन्दै सामूहिक पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसरी पार्टी त्याग गर्नेमा पार्टीका केन्द्रीय नेता प्रेमदिप थाम्सुहाङ, लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ, वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु, सचिव दिपेश पालुङवा, लोसपा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष रन्जन सुब्बा, उपाध्यक्ष गजेन्द्र लावती, किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई, लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

५१ जनाको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,–‘एमसीसी परियोजना देशका लागि राष्ट्रघात भएको र त्यसमा पार्टीमा उभिएका स्वाभिमानी कार्यकर्ताहरुले आजका मितिदेखिनै साधारण सदस्य समेत नरहने गरि पार्टी त्याग गरेका घोषणा गर्दछौ ।’

यसैवीच, पार्टी त्यागेकाहरुले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता थाम्सुहाङको नेतृत्वमा उनीहरुले राष्ट्रिय एकता पार्टी नेपाल घोषणा गर्ने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार यहि फागुन २१ गतेनै दमकमा एक कार्यक्रम गरि नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
थाम्सुहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवानको राजनीतिबाट उदाएका नेता हुन् । कुमार लिङदेनसँग विमती जनाउँदै लिम्बुवान पार्टीबाट जसपा हुँदै हाल लोसपाको केन्द्रीय सदस्य थिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...