लोसपाका केन्द्रीय नेता सहितले पार्टी परित्यागको गरे घोषणा

 लिम्बुवान न्युज
                       


दमक, १७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश– १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । आफनाे पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको भन्दै झापाको दमकमा पत्रकार सम्मेलन गर्दै मंगलवार पार्टीका असन्तुष्टहरुले पत्रकार सम्मेलन गरि सामूहिक रुपमा पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टी भित्र कुनै छलफल नै नगरि अन्धाधुन्द ढंगबाट आफनो पार्टीका सांसदले एमसीसीका पक्षमा मतदान गरि अनुमोदन गराउन सहयोग पुरयाँएको भन्दै सामूहिक पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसरी पार्टी त्याग गर्नेमा पार्टीका केन्द्रीय नेता प्रेमदिप थाम्सुहाङ, लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ, वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु, सचिव दिपेश पालुङवा, लोसपा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष रन्जन सुब्बा, उपाध्यक्ष गजेन्द्र लावती, किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई, लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

५१ जनाको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,–‘एमसीसी परियोजना देशका लागि राष्ट्रघात भएको र त्यसमा पार्टीमा उभिएका स्वाभिमानी कार्यकर्ताहरुले आजका मितिदेखिनै साधारण सदस्य समेत नरहने गरि पार्टी त्याग गरेका घोषणा गर्दछौ ।’

यसैवीच, पार्टी त्यागेकाहरुले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता थाम्सुहाङको नेतृत्वमा उनीहरुले राष्ट्रिय एकता पार्टी नेपाल घोषणा गर्ने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार यहि फागुन २१ गतेनै दमकमा एक कार्यक्रम गरि नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
थाम्सुहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवानको राजनीतिबाट उदाएका नेता हुन् । कुमार लिङदेनसँग विमती जनाउँदै लिम्बुवान पार्टीबाट जसपा हुँदै हाल लोसपाको केन्द्रीय सदस्य थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...