लिम्बुवान मोरङ क्षेत्र ३ (ख) को तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

बेलबारी, १८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख)क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको उपस्थितिमा तदर्थ समिति गठन भएको हो ।

ज्योति लिम्बु, राजेश लिम्बु, कुमार शंकर, भीम लिम्बु, बाबुराम ऋषिदेब, कल्पना बि.क., मधु बि.क., खम्बा सिंह बि.क., सुजन मन्याङबो, कुबिर खिम्दिङ, बिर बहादुर पारघरी, कैलाश याख्खा, अकल बहादुर लावती, गोपाल ऋषिदेब, मंगल सिंह धिमाल, बिनोद फागो चोङबाङ, जमुना बि.क., कुमारी लिम्बु, नन्द मान दर्जी, लाल बहादुर लिम्बु र भगवान परिवार रहेका छन् ।

कार्यक्रममा प्रान्तीय महासचिव दिल कुमार लावती, प्रान्तीय सचिवहरु राम चन्द्र थापा मगर, दिलु लिङदेन त्यसैगरी प्रान्तीय सदस्य बम बहादुर मेन्याङबो, केन्द्रीय उप–कमाण्डर राजु लिम्बु, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा, संघीय दलित मुक्ति मञ्चका सदस्य कुमार शंकर, मोरङ जिल्ला उपाध्यक्ष राम कुमार खुदाङ, जिल्ला सचिवालय सदस्य जागेश्वर महतो, जिल्ला सदस्यहरु खगेन्द्र थलङ लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर राजु लिम्बुले सहजीकरण गरेको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...