दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मेयङलुङ, २० फाल्गुन । किरात याक्थुङ चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । जिल्ला चुम्लुङहिममा सम्पन्न कार्यक्रममा छात्रवृत्ति वितरण, मेयङलुङ चुम्लुङ नगर समितिको कार्यलय उद्घाटन लगायतका कार्यक्रमहरु भएको थियो ।
चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छात्रवृत्ति तर्फ किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयमा स्थापित सुमित्रा वान्तावा आङ्देम्बे छात्रवृत्ति कोषबाट श्री सिंहवाहिनी माध्यमिक विद्यालय मेयङ्लुङ्मा अध्ययनरत विद्यार्थी कक्षा ८ का छात्रा विनु लिम्बू निङ्लेकु र कक्षा ११ का छात्रा करुणा लिम्बू खापुङलाइ क्रमश रु ५०००/अक्षरेपी पाँच हजार र रु ७०००/ अक्षरेपी सात हजार रुपैया चुम्लुङ लिम्बुवान प्रदेश समिति उपाध्यक्ष टंकमाया तिगेला र चुम्लुङ जिल्ला सल्लाहकार इन्द्रबहादुर तुम्बाहाङ्फेको हस्तबाहुली बाट वितरण कार्यक्रम सम्पन्न गरियो ।
त्यसै गरि कियाचु मेयङलुङ नगर कार्यसमितिको कार्यालय चुम्लुङ हिम तेह्रथुममै रहने गरि लिम्बुवान प्रदेश उपाध्यक्ष टंअकमाया तिगेलाले उद्घाटन गर्नुभएको थियो । त्यस्तै आज नै जिल्ला चुम्लुङ्मा मनोनीत गर्न बाकी ४ सदस्यहरु स्वयम सिङ्जागो, डम्बर पङयाङ्गु, मोहन सिह सिङगक र करिना थलङलाई जिल्ला सदस्यमा मनोनीत गरेको छ भने जिल्ला चुम्लुङ ७ सदस्यीय समेत गठन गरेको छ उक्त सदस्यहरुमा क्रमश खिनराज इम्सङ, सुमन सेने, राजकुमार खापुङ, युनिका लिम्बू, मदन लिम्बु बम ब लिम्बू र लोक ब. लिम्बू रहनुभएको छ । कार्यक्रममा चुम्लुङ जिल्ला पदाधिकारी सदस्य तथा नगर समिति लगायतको उपस्थिति रहेको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...