लिम्बुवानद्वारा चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै आयोग र सरकारलाई ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

प्रदेश निर्वाचन कार्यालयमा प्रदेश अायुक्तलाइ ज्ञापनपत्र बुझाउनु हुँदै मञ्चका १ नं. संयाेजक तथा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरूङ्

विराटनगर, २२ फाल्गुन । २०६२ सालमा राजनैतिक दलको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यतिबेला आन्दोलनको तयारीमा जुटेको छ । २०६४ को पहिलो संविधानसभामा समानुपातिक २ सिट जितेको दलको रुपमा स्थापित पार्टी निरन्तर आन्दोलनरत दल हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, संघीयता, समानुपातिकता, लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनाको लागि निरन्तर आन्दोलनरत दल मञ्चको चुनाव चिन्ह दाप सहितको खुकुरी हो । नेपालको संविधानमा ३ प्रतिशत थ्रेसहोल्ड र १ संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसद जित्नु पर्ने प्रावधान उल्लेख भएसँगै मञ्च आन्दोलित भएको हो ।

मञ्चले सबै निर्वाचनमा पार्टीको चुनाव चिन्ह पाउनु पर्ने अडान लिदै आएको छ । २०७६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा समेत निर्वाचन आयोगले मञ्चलाई आफ्नै चुनाव चिन्ह दाप सहितको खुकुरी दिएको मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले स्पष्ट पारेका छन् । अध्यक्ष लिङदेन भन्छन् –‘निर्वाचनमा चुनाव चिन्ह नदिनु भनेको लोकतन्त्रको बर्खिलाप गर्नु हो, लोकतन्त्रको धज्जी उडाउनु हो ।’ यदि चिन्ह नपाए सडक आन्दोलनदेखि सर्वोच्चसम्म जाने तयारी भइरहेको उनले बताए ।

आइतबार मञ्च अन्तरर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले लिम्बुवानको नौ वटा जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, इलामका जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाएको छ । मञ्चका संघीय, प्रान्तीय, जिल्ला अध्यक्ष लगायत नेताहरुले सम्बन्धित जिल्लामा भौतिक रुपमा पुगेर जिल्ला प्रमुखहरु मार्फत ज्ञापनपत्र बुझाएका छन् ।

यसैगरी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मञ्चका १ नं. प्रदेश समन्वय समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले प्रदेश निर्वाचन आयुक्त मार्फत ज्ञापनपत्र बुझाएका छन् । मञ्च पहिलो संविधानसभामा २ जना सभासद पठाउन सफल भएको बताउँनु हुँदै राज्यले साना दलहरुमाथि षडयन्त्र गरी निर्वाचन चुनाव चिन्ह नदिने षडयन्त्रको भण्डारफोर गर्दै आन्दोलन गर्ने सन्देश आयोगलाई पठाउन अनुरोध गरेका छन् ।

यसैगरी उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत पनि आज ज्ञापनपत्र बुझाइएको मञ्चका संघीय अर्थ सचिव सुर्यमान आङ्बुङ्ले लिम्बुवान खबरलाई बताएका छन् ।

फाेटाे फिचरः

 

ज्ञापनपत्र बुझाएपछि माेरङका नेता कार्यकर्ताहरू प्रदेश निर्वाचन कार्यालयकाे प्राङ्गणमा सामुहिक तस्वीर खिचाउँदै

लिम्बुवान माेरङ जिल्ला अध्यक्ष ज्ञापन पत्र बुझाउँदै प्रदेश निर्वाचन अायुक्त, विराटनगर माेरङ


माेरङ जिल्ला प्रशासन कार्यालय अगाडि

माेरङ जिल्ला प्रशासन कार्यालयका प्रमुखलाइ ज्ञापनपत्र बुझाउँदै मञ्चका १ नं. प्रदेश संयाेजक तथा ब. उपाध्यक्ष ज्ञानबहादुर गुरूङ लगायत माेरङका नेताहरू

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ज्ञापनपत्र बुझाइ सकेपछि झापा जिल्लाका लिम्बुवान नेताहरू सामुहिक तस्वीर खिचाउँदै ।

जिल्ला निर्वाचन अधिकारी झापाका प्रमुखलाइ ज्ञापन पत्र बुझाउँदै मञ्चका नेताहरू दाँयाबाट क्रमशः प्रान्तीय सचिव राजु राइ, उपाध्यक्ष यलम्बर खम्बु, झापा अध्यक्ष नगेन राइ र प्रान्तीय बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ ।

तेह्रथुम लिम्बुवान प्रान्ती मञ्चका अध्यक्ष विजय निङलेखु जिल्ला निर्वाचन अधिकारीलाइ ज्ञापन पत्र बुझाउँनु हुँदै

पान्थर जिल्ला लिम्बुवान मञ्चका अध्यक्ष चन्द्रराज अाङ्देम्बे जिल्ला निर्वाचन अधिकारीलाइ ज्ञापनपत्र बुझाँउदै

संखुवासभामा ज्ञापन पत्र बुझाउनु हुँदै लिम्बुवानका जिल्ला अध्यक्ष निमा शेर्पा

संखुवासभा जिल्ला निर्वाचन कार्यालय परिसरमा लिम्बुवानका नेताहरू सामुहिक तस्वीर खिचाउँदै

सुनसरी जिल्ला निर्वाचन अधिकारीलाइ ज्ञापन पत्र बुझाउँदै लिम्बुवानका नेताहरू

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला समिति ज्ञापन पत्र बुझाउन सुनसरी सिडियाे कार्यकक्षमा 

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...