लिम्बुवान मञ्चकाे ललितपुर अध्यक्षमा डम्बर यक्सो निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ललितपुर जिल्ला विशेष कार्य समिति चयन भएको छ । आज आइतबार ललिपुरस्थित युङचा हिममा आयोजित प्रथम जिल्ला अधिवेशनले यक्सोको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मञ्चका उपाध्यक्ष विष्णु यक्सो विशिष्ट तिथिको रुपमा उपस्थित रहनु भएको थियो । कार्यक्रममा मञ्चका संघीय सचिव चन्द्र कन्दङवा, अर्थसचिव सूर्यमान आङबुहाङ, सह–सचिव सागर केरुङ् लगायत नेताहरुले नवनिर्वाचित समितिलाई बधाइ दिएका थिए ।

आज आयोजित अधिवेशनले अध्यक्ष यक्सोसँगै उपाध्यक्षहरुमा धनहाङ आङबुहाङ, गंगा लिवाङ मादेन, सचिवमा रमेश लक्सम, सहसचिवमा सन्ध्या राई, अर्थसचिवमा असिम नेम्बाङ् निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरु चित्रबहादुर सिगु, सुभाङ्सिङ नेम्बाङ, नवीन राइ, अमृत जबेगु, प्रकाश चेम्जोङ, खगेन्द्र आङ्बुहाङ, राजेन्द्र यक्सो, निमा तामाङ, कृष्ण लामा, शिवलाल तामाङ, आशिष राई, पल राई, सनम शेर्पा र सन्देश सेनेहाङ निर्वाचित भएको काठमाडौं उपत्यका अध्यक्ष मिक्तोक इवाले बताए ।

कार्यक्रममा मञ्चको संघीय तथा तामाङसालिङ मञ्च, शेर्पा प्रान्त र काठमाडौं उपत्यकाका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...