
काठमाडौं, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपत्यका सम्पर्क मञ्च गठन भएको छ । मंगलबार काठमाडौं शम्भूमार्गस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट पासाङ लामाको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति गठन भएको हो ।
मञ्चका संघीय सचिव चन्द्र कन्दङवा लावासाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा बसन्ती बि.क., सचिवमा रीता तामाङ, सहसचिवमा सुस्मिता श्रेष्ठ, अर्थसचिवमा समान्त लिम्बु चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा गंगा लिम्बु, निम ल्हमु शेर्पा, इन्दीरा लिम्बु, छोटी शेर्पा, पूर्णिमा लिम्बु, सिर्जना लिम्बु, कविता थलङ, निसा लिम्बु, सरस्वता लिङदेन, अल्फ राई र सुनिता लिम्बु रहेका छन् ।
यसरी आज ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मञ्चमा महिला नेत्रीहरुले कार्यालयमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा नेताहरुले श्रमिक महिलाहरुको बारेमा बलेका थिए ।
कार्यक्रममा मञ्चका संघीय सदस्य प्रयास बान्तवा, केदार ताम्लीङ, उपत्यका अध्यक्ष मिक्तोक लिम्बु लगायत नेतानेत्रीहरुको उपस्थिति रहेको थियो ।