पान्थरमा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम शुरु

 लिम्बुवान न्युज
                       

पाँचथर – फालेलुङ गाउपालिकामा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम आजदेखि सुरु भएको छ ।

फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनिपान भाषा शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ । तालिमको सहजिकरण लिम्वु भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दिलेन्द्र कुरुम्वाङले गरिरहनु भएकको छ ।फालेलुङ गाउपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ गाउकार्य समिति फालेलुङको आयोजनामा तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन प्रमुख अतिथि आसनबाट फालेलुङ गाउपालिका अध्यक्ष सन्च कुमार केरुङले गर्नुभएको थियो । तालिमको उद्घाटन समारोहमा फालेलुङ गाउपलिकाका उपाध्यक्ष हिमा अधिकारि फालेलुङ गाउपालिको प्रमुख प्रसाशकिय अधिकृत विनोद कुमार चौहान र फालेलुङ ३ का वडा अध्यक्ष विर वित्रम थाम्सुहाङको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन कार्यक्रम किरात याक्थुङ चुम्लुङ गाउकार्य समिति फालेलुङका अध्यक्ष कुमार केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव गगन जवेगुले वताउनुभएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...