टेम्के फूटबल क्लब सुनसरीको विजयी यात्रा शुरु

 लिम्बुवान न्युज
                       

कमल, २५ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो ।

पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुबै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।

उद्घाटन खेल समेत रहेको बुधबारको खेलको प्लेयर अफ द म्याच टेम्केका स्टाइकर जनक कोइराला भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रम कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष चतुरभुज सुवेदीको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद सिवाकोटि, गाउँपालिका लेखा अधिकृत सृजना राई, वडाध्यक्षहरु केदार कटुवाल, तारानाथ न्यौपाने, नरप्रसाद दंगाल, प्रेम बहादुर राई, डम्बर निरौला, नरेन्द्र भट्टराई र पृथ्वीपति राई लगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, लेखा अधिकृत सृजना राई, खेल संयोजक तेजकुमार राई, खेलकुद समिति सदस्य सन्त खालिङ, सुदिप थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम समितिका सचिव सुर्यप्रसाद न्यौपानेले सञ्चालन गरेको थियो । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...