लिम्बुवान मञ्चकाे पान्थर क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

पाँचथर, २७ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल प्रदेश क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । हिलिहाङ ३ स्थित गोपेटार बजारमा सम्पन्न आमसभा सहितको अधिबेशनले शर्ण लक्समलाइ निर्वाचित गरेको छ ।

उपाध्यक्षमा छत्रमान योङ्हाङ, कृष्णराज योङ्हाङ, बीरबहादुर केरुङ, सचिवमा गगन जबेगु, जोन हेम्ब्या, सहसचिव भिम लिङ्देन र अर्थसचिवमा मनकुमारी इवारमलाइ निर्वाचित गरेको छ ।

यसरी नै सदस्यहरुमा हङ्सराज लावती, सागर बेघा, कमल सिगु लिम्बू, कमल सिगु, मिङ्सो लिङ्देन, सुमन हाङ्सरुम्बा, केन्द्रा चेम्जोङ, नेत्र तावाहाङ, गौरव हाङ्सरुम्बा, सुशील हेम्ब्या, नवीन काम्बाङ, जीतबहादुर बेघा, बलबहादुर लक्सम, गजेन्द्र लावती, आशिश सुहाङ, सुजन मादेन, तिलबहादुर केरुङ, योगेश आङ्थुपो, फुलमाया सुहाङ, वसन्त योङ्हाङ, अमृता जबेगु र सन्तोष सिगुलाइ निर्वाचित गरेको छ ।

संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष बिष्णु यक्सो, उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे, उपाध्यक्ष बिष्णु भट्टराई, अर्थसचिव सुर्य आङ्बुहाङ, सचिव सागर केरुङ, सुनिता केरुङ, सचिवालय सदस्य देउकुमार नेम्बाङ, जसबहादुर योङ्हाङ, गणेश मिभक, राजु चोङ्बाङ, मन्डेम लिम्बू, सदस्य सुमन योङ्हाङ, जितेन अधिकारी, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, उपाध्यक्ष हर्कजङ लिङ्देन, सचिवद्वय सुबास नुनाम केरुङ र योगेस योङ्या लगायत जिल्ला नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा बाल गायिका रुक्साना लिम्बू र गायक राज लाबुङ्ले गायन प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;