पदम चेन्जी मावो लिम्बुवान मञ्चको ताप्लेजुङ निर्वाचन क्षेत्र ‘क’को अध्यक्ष

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् , २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश निर्वाचन क्षेत्रीय समितिको अधिवेशनलाई तिब्रता दिएको छ । शनिबार मञ्चले ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को अधिवेशन सम्पन्न गरेको छ ।

युवा नेता पदम चेन्जी मावोलाई अध्यक्षमा निर्वाचित गर्दै प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको उपस्थिति रहेको थियो ।

समितिको उपाध्यक्षहरुमा भिष्म खुदाङ र शुक्र सेनेहाङ रहेका छन् भने सचिवमा रन्जित लिम्बु, सहसचिवमा लोकेन्द्र ताम्लिङ र अर्थसचिवमा विशाल राई रहेका छन् ।

समितिको सदस्यहरुमा दुर्गाप्रसाद माबो, रोशन पौडेल, विवेक सेलिङ, एरीक्षा बेघा ताम्लिङ, लक्ष्मन लिम्बू, मीमराज मेन्याङ्बो, श्याम मेन्याङ्बो, भीम साम्सोहाङ, खगेन्द्र इजम, यामकुमार लिङ्देन, मनिला लिङ्देन, अस्मिता लिङ्देन, शान्ता तबेबुङ, रुपा पालुङ्वा, राजेन्द्र काङ्भा, हस्तबहादुर काङ्भा, सुधिर काङ्भा, सुजन माबो, रबिन काङ्भा, सन्तोष चेन्जी माबो, रनकुमार थेबे, मेलकुमार सेनेहाङ र भीमकुमार माबो रहेका छन् ।

रञ्जना ताम्लिङको अध्यक्षतामा क्षेत्रीय महिला मञ्च गठन

शनिबार आयोजित क्षेत्रीय अधिवेशनबाट रञ्जना ताम्लिङको अध्यक्षतामा संघीय लिम्बुवान प्रान्तीय मञ्च ताप्लेजुङ क्षेत्रीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा कुमारी थेवे, सचिवमा शान्ता तबेबुङ माबो, सहसचिवमा शोनी थेवे र अर्थसचिवमा रुपा पालुङवा रहेको छन् ।

यसरी नै सदस्यहरुमा अस्मिता लिङ्देन, बिमला इजम, देउकुमारी पन्दाक, सन्जीता माबो, कमला योङहाङ माबो, सविना लिङ्देन, दिलु इधिङ्गो, प्रिया थेबे, प्रमिला परा काङ्भा, मन्ता काङ्भा, मनिला लिङ्देन, सरीता सिवा, सोनिया कन्दङ्वा थेबे, सुनिता माबो, धनमाया माबो, इरिया बेघा, कुमारी थेबे
र शान्ता चेन्जी माबो चयन भएका छन् ।

कार्यक्रममा मञ्चका संघीय उपाध्यक्ष विष्णु कुमार यक्सो, लिम्बुवान प्रान्तीय उपाध्यक्षहरु इन्दीरा मेन्याङबो, विष्णु भट्टराई, महासचिव लक्ष्मी मावो, , संघीय अर्थसचिव सुर्यमान आङबुहाङ, प्रान्तीय सचिव रीता मादेन लगायत संघ, प्रदेश र प्रान्तका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;