लिम्बुवान सामाजिक मञ्च दुवाई अलेन क्षेत्रीय समिति गठन, अध्यक्षमा राज थेवे

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर प्रवास संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति दुवाईले अलेन क्षेत्रको प्रथम अधिवेशन गरेको छ ।

आइतबार आयोजित कार्यक्रमले राज थेवे ‘यामसेसे’को अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा लक्कीराज बेघा, सेसेलुङ मिभक लिम्बु र सिमा लिम्बु रहेका छन् । यसरी नै सदस्यमा डा. जगतसुन्दर वि.क., सहसचिवमा राजेश थेवे र अर्थसचिवमा अर्जुन खतिवडा चयन भएका छन् ।

यसरी नै उक्त कार्यक्रमबाट सदस्यहरुमा रामचन्द्र चौधरी, सुबोध मण्डल, जितमान राई, विष्णु न्यौपाने, रविन्द्र राज राजवंशी, सन्तकुमार राई, उज्वल साम्पाङ राई, साजन राई, अनुष कटुवाल, कृष्ण केसी, सरिता लिङदेन, राजकुमार लिम्बु, शेरमान चोङबाङ, रेवत मावो, कृष्ण खतिवडा, निमबहादुर चौधरी, पुजा लामा, अमृता बि.क., निसम बराल, हस्त थापा, कमला येवा, लक्ष्मी फियाक, समिर मगर, संजीव पौडेल, निसान आले मगर, भुपाल माझी, रनबहादुर लिम्बु, प्रमिशा लिम्बु, सिवा सुब्बा, दिलु केदेम, प्रतिमा जिसी र अञ्जिल अधिकारी रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा राम फियाक र हेमचन्द्र फियाक रहेको संघीय सचिवालय सदस्य आवाज लेक्वाले जनाएका छन् ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;