रुपा चोङबाङ लिम्बुवान मञ्चको ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र ख अध्यक्षमा चुनिइन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा रुपा चोङबाङ चुनिएकि छिन् । आइतबार ताप्लेजुङको दाभानमा आयोजित दोस्रो क्षेत्रीय अधिवेशनले चोङबाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मञ्चका उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष तथा माननीय सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विष्णु यक्सो, विष्णुमाया थापा, प्रदेश सचिव नविन पोमू, प्रान्तीय सचिवहरु सुनिता केरुङ, मुक्साम लाबुङ, रीता मादेन लगायत नेताहरुले सभालाई साम्बोधन गरेका थिए ।

कार्यक्रमको बन्दसत्रबाट उपाध्यक्षहरुमा राजेन्द्र लिम्बु, मान बहादुर साँवा, करुणा लिम्बु, ज्ञानेन्द्र लिम्बु, उमेश वनेम, सचिवहरुमा छत्र आङबुहाङ, सुवास हाङगाम, मनिकुमार थलङ र उमेश वनेम लिम्बु, अर्थसचिव विशाल श्रेङ चोङबाङ र सहअर्थसचिवमा आदिप तवेवुङ निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा आशिक धोज साँवा, रोहन साँवा, रनहाङ साँवा, विरेन्द्र सेन्दाङ, सम थक्लुङ, रितेश मावोहाङ, राम सुनुवार, सन्तवीर योक्वा, सुर्य नेयोङ, किरात लिम्बु, दिपेन्द्र सुनुवार, सुकवीर थोप्रा, दिपेन नाल्बो, चन्द्र कुमार चोङवाङ क्याक, देउमान ओख्राबु, आश कुमार योङहाङ, राज कुमार केदेम, सुख बहादुर थोप्रा, मोहन सावादेन, आइत वीर लिम्बु, सुख राज याङदेन, लाल बहादुर नाल्बो, दुर्गा साँवा, शुसील लिम्बु, सिदिमान वनेम, उत्तरमान नेयोङ, समिप लिवाङ र भरत रसाईली रहेका छन् ।

दोभान बजारमा आयोजित कार्यक्रमबाट सयौंको संख्यामा लिम्बुवान मञ्चमा प्रवेश गरेको प्रान्तीय सचिव नाल्बोले बताएका छन् । द भोइस क्ट्सि रुक्साना लिम्बुलाई दोभानवासीले विशेष सम्मान कार्यक्रमसमेत उक्त कार्यक्रममा गरेका थिए । कार्यक्रममा युवा गायक राज लाबुङले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा संघीय अर्थसचिव सुर्यमान आङबुहाङ, प्रदेश सचिव भवीराज तुम्सा, संघीय सचिवालय सदस्य संगम खनाल, पदम चेन्जी मावो, गणेश मिभक, जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;