अस्ताए लिम्बुवानको खम्बा अमृत मादेन

 लिम्बुवान न्युज
                       

पथरी, ४ चैत्र । २०४७ साल देखि जातीय मुक्ति आन्दोलनमा निरन्तर लड्नु भएका लिम्बुवान आन्दोलनका एक खम्बा अमृत मादेन अस्ताएका छन् । जनजाति पार्टी देखि जनमुक्ति हुँदै लिम्बुवानको लामो राजनीतिमा होमिएका मादेनको निधनले सिंगो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र लिम्बुवान सहित १०+१ प्रान्तीय मञ्च स्तब्ध भएको छ ।

केही बर्ष देखि स्वास्थ्यमा समस्या आई आराम गरिरहनु भएका मादेनको भारतको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ । संघीय लिम्बुवान राज्य परिषद हुँदा पथरीनगरमा धेरै संघर्ष गर्नु हुने एक कुशल अभिभावकको निधन भएको मञ्चका मोरङ जिल्ला अध्यक्ष जीवन खेवा बताउँछन् ।

हाल लिम्बुवानको सल्लाहकार रहनुभएका नेता मादेन मञ्चको हरेक कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुने गर्दथे । लिम्बुवान राजनीतिको अनेक उथलपुथलमा समेत अडिग भई पहिचानको राजनीतिमा निरन्तर देन रहेको मञ्चका नेताहरुले जनाएका छन् ।

ताप्लेजुङको खोक्लिङमा पिता कुलबहादुर मादेन र आमा लालकुमारी मदेन्छङको कोखबाट बि.सं. १९९६ सालमा जन्मिएका मादेनको ८२ बर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

मृतक मादेनका एक श्रीमती, दुई छोराबुहारी, ३ नाती र १ नातिनी रहेको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थीव शरीरमा पार्टीका अध्यक्ष कुमार लिङदेन मिराकबाट झण्डा ओडाई आफ्नो धार्मिक परम्परा अनुसार आजै अन्तेष्टी गरिएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;