लिम्बुवान मञ्चको झापा निर्वाचन क्षेत्र ४ को क र ख अधिवेशनसम्पन्न : किरण र निङ्लेकु बने क्षेत्रीय अध्यक्ष

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला क्षेत्र नं. ४को प्रदेश निर्वाचन क्षेत्र क र ख को अधिवेशन सम्पन्न भएको छ ।

शनिबार झापाको दुधेस्थित आदिवासी भवनमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले क र ख प्रदेश निर्वाचन समिति बनेको हो ।

शिवसताक्षीका खम्बा पार्टीका जुझारु नेता किरण लिङ्देन ख को अध्यक्ष बनेका हुन् भने क को अध्यक्ष युवा नेता देवीबहादुर निङलेकु प्रताप बनेका छन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, विष्णु यक्सो, संघीय अर्थसचिव सुर्यमान आङबुहाङ, प्रान्तीय महासचिव भानु भट्टराई, सचिवहरु भक्त मेन्याङबो, राजु राई, भिम सुनुवार, धनबहादुर पन्धाक लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

निङ्लेकुको अध्यक्षतामा बनेको निर्वाचन क्षेत्र क मा उपाध्यक्षहरु झनहाङ चेम्जोङ, मानकुमा जवेगु, हेमकुमार राई र अरुण राई त्यसैगरी सचिवमा शिव सेर्मा र अर्थसचिवमा सन्त शेर्मा निर्वाचन भएका छन् । यसरी नै सदस्यहरुमा कमल राई, तिलकुमार सेर्मा, विष्णुकुमार लिम्बु लक्सम, सान्ता वि.क., ज्ञान बहादुर सेर्मा, पदम राज राई, तेज बहादुर सेर्मा, मनकुमार तुम्बापो, रामकुमार लिम्बु, बहादुर सेर्मा, छत्र थेवे, इन्द्र बहादुर सेर्मा, देनसरी राजवंशी, ज्ञानुहाङ सेर्मा, जितेन येक्तेन, विमला ताजपुरिया, पुष्पा ताजपुरिया र देवीमाया लावती रहेका छन् ।

यसैगरी लिङदनको अध्यक्षतामा बनेको निर्वाचन क्षेत्र ख मा उपाध्यक्ष अमर योङहाङ, सचिवमा नाम्साङ सिगु उदय, सहसचिवमा गोविन्द साँवा र अर्थचिवमा सुस्मिता लिम्बु निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा सञ्जय सिगु, निवजय योङहाङ, अर्जुन राई, राजकुमार मेन्याङबो, लक्ष्मण योङया, दिलिप ऋषिदेव, विकास जवेगु, कविता लिम्बु, टिका लिम्बु, चन्द्र लिम्बु, अमर बहादुर लिम्बु र जानुका लिम्बु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय चुनावमा निर्वाचन आयोगले चुनाव चिन्ह दिने निर्णय गरेसँगै उत्साह आएको हुँदा सबै नेताहरु चुनाव केन्द्रित हुन अनुरोध गरेका छन् भने सबैभन्दा महत्वपूर्ण कुरा आन्दोलन भएको हुँदा एकात्मकवादीहरुको विरुद्ध भयङकर आन्दोलन समेत गर्नु पर्ने भएको हुँदा हाम्रो पार्टी आन्दोलनकारी पार्टी भएको हुँदा परिवर्तनको लागि सबै जुट्न आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...