लिम्बुवान मञ्चको झापा निर्वाचन क्षेत्र ४ को क र ख अधिवेशनसम्पन्न : किरण र निङ्लेकु बने क्षेत्रीय अध्यक्ष

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला क्षेत्र नं. ४को प्रदेश निर्वाचन क्षेत्र क र ख को अधिवेशन सम्पन्न भएको छ ।

शनिबार झापाको दुधेस्थित आदिवासी भवनमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले क र ख प्रदेश निर्वाचन समिति बनेको हो ।

शिवसताक्षीका खम्बा पार्टीका जुझारु नेता किरण लिङ्देन ख को अध्यक्ष बनेका हुन् भने क को अध्यक्ष युवा नेता देवीबहादुर निङलेकु प्रताप बनेका छन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, विष्णु यक्सो, संघीय अर्थसचिव सुर्यमान आङबुहाङ, प्रान्तीय महासचिव भानु भट्टराई, सचिवहरु भक्त मेन्याङबो, राजु राई, भिम सुनुवार, धनबहादुर पन्धाक लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

निङ्लेकुको अध्यक्षतामा बनेको निर्वाचन क्षेत्र क मा उपाध्यक्षहरु झनहाङ चेम्जोङ, मानकुमा जवेगु, हेमकुमार राई र अरुण राई त्यसैगरी सचिवमा शिव सेर्मा र अर्थसचिवमा सन्त शेर्मा निर्वाचन भएका छन् । यसरी नै सदस्यहरुमा कमल राई, तिलकुमार सेर्मा, विष्णुकुमार लिम्बु लक्सम, सान्ता वि.क., ज्ञान बहादुर सेर्मा, पदम राज राई, तेज बहादुर सेर्मा, मनकुमार तुम्बापो, रामकुमार लिम्बु, बहादुर सेर्मा, छत्र थेवे, इन्द्र बहादुर सेर्मा, देनसरी राजवंशी, ज्ञानुहाङ सेर्मा, जितेन येक्तेन, विमला ताजपुरिया, पुष्पा ताजपुरिया र देवीमाया लावती रहेका छन् ।

यसैगरी लिङदनको अध्यक्षतामा बनेको निर्वाचन क्षेत्र ख मा उपाध्यक्ष अमर योङहाङ, सचिवमा नाम्साङ सिगु उदय, सहसचिवमा गोविन्द साँवा र अर्थचिवमा सुस्मिता लिम्बु निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा सञ्जय सिगु, निवजय योङहाङ, अर्जुन राई, राजकुमार मेन्याङबो, लक्ष्मण योङया, दिलिप ऋषिदेव, विकास जवेगु, कविता लिम्बु, टिका लिम्बु, चन्द्र लिम्बु, अमर बहादुर लिम्बु र जानुका लिम्बु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय चुनावमा निर्वाचन आयोगले चुनाव चिन्ह दिने निर्णय गरेसँगै उत्साह आएको हुँदा सबै नेताहरु चुनाव केन्द्रित हुन अनुरोध गरेका छन् भने सबैभन्दा महत्वपूर्ण कुरा आन्दोलन भएको हुँदा एकात्मकवादीहरुको विरुद्ध भयङकर आन्दोलन समेत गर्नु पर्ने भएको हुँदा हाम्रो पार्टी आन्दोलनकारी पार्टी भएको हुँदा परिवर्तनको लागि सबै जुट्न आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...