राष्ट्रिय शहीद मनिल तामाङको १३औं श्रद्धाञ्जली सभा विविध कार्यक्रम गरि मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, ६ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङकाे १३औं श्रद्धाञ्जली सभा भव्यरुपमा मनाइएको छ । शहीद राजकुमार आङ्देम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानले मनिल समाधीस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

प्रतिष्ठानका महासचिव दिलकुमार लावतीको सभाध्यक्षता तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्त्रुङ्को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उपाध्यक्ष इम्बुङले सम्बोधन गर्दै शहीदको सपना पुरा नभएको हुँदा निरन्तर आन्दोलनमा सरिक भइरहेको हुँदा शहीद प्रति सम्मान भएन कि भन्ने अनुभूति नगर्न शहीद परिवारलाई अनुरोध गर्नु हुँदै लिम्बुवान र पहिचानको राजनीति लक्ष्य प्राप्ति तर्फ उन्मुख हुँदै गएको हुँदा एकदिन शहीदको सपना पुरा हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी नै कार्यक्रममा मञ्चका प्रान्तीय सचिव धनबहादुर पन्धाक, मञ्चका झापा जिल्ला अध्यक्ष नगेन राई लगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रमलाई प्रतिष्ठानका सदस्य पदम तामाङको संचालन तथा सदस्य मनोहर थलङले स्वागत मन्तव्य राखेका थिए ।

यसैक्रममा शहीद मनिल तामाङको स्मृतिमा ताप्लेजुङ, पान्थर, इलाम, सुनसरी, तेह्रथुम लगायत जिल्लाहरुमा समेत श्रद्धाञ्जली कार्यक्रम भएको छ भने प्रवासमा कतार, दुवई, साउदी, दक्षिण कोरिया, यूके लगायत विभिन्न देशहरुमा श्रद्धाञ्जली कार्यक्रम भएको खबर प्राप्त भएको छ ।

संघीय शिक्षा लागू गराउन र स्ववियू निर्वाचन प्रणाली पूर्ण समानुपातिक पद्दतीबाट हुनु पर्छ भन्ने आन्दोलनको क्रममा २०६५ चैत्र ६ गते प्रहरीको गोली लागी धुलाबारी क्याम्पसमा तामाङ्ले सहादत्ता प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...