अशोक राईको नेतृत्वमा जसपाको स्थानीय चुनाव परिचालन समिति गठन

 लिम्बुवान न्युज
                       

काठमाडौं, ७ चैत / जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव र राई सम्मिलित जसपा मुख्यालय बैठकले राईको नेतृत्वमा २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमितिमार्फत् निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने संघीय परिषदका अध्यक्ष भट्टराई बताउँछन्।

साथै जसपाले स्थानीय तह चुनाव केन्द्रित पार्टी अभियानमा सबैलाई तन, मन र धनले होमिनसमेत आग्रह गरेको छ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;