दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
चितवन, ९ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनले गजुरधन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
महाधिवेशनले अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्यो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको थियो ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भए ।
त्यसैगरी महासचिवमा मिलन लिम्बू‚ सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भए भने सचिव अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भए भने कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः चित्रबहादुर गुरुङ (लाला) र सञ्चु ब्लोन तामाङ सर्वसम्मत भए ।

फाेनिज साताैं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू सपथ ग्रहण गर्दै
प्रदेश इन्चार्जमा भक्तशेर लिम्बू (प्रदेश नम्बर १), निरज पिठाकोटे (मधेस प्रदेश), पेमा लामा (बागमती प्रदेश) यमबहादुर गाहा (मिलन),(लुम्बिनी प्रदेश), बुद्धिमान पुन मगर (कर्णाली), भिमबहादुर चौधरी (सुदुर पश्चिम प्रदेश) चयन भए ।
संस्थागततर्फ सदस्यहरु क्रमशः देवेन्द्र खापुङ (लिम्बू), निम्लेकी शेर्पा (शेर्पा ), सुनिल महर्जन (नेवार) सन्तकुमार चौधरी (थारू), चित्रबहादुर गुरुङ (गुरुङ), नेत्र तामाङ (तामाङ) र प्रकाश राई (राई) चयन भए ।
खुला सदस्यतर्फ क्रमशः बुद्ध योञ्जन लामा, लोकेश लिबाङ, कमलसिंह थारु, गजेन्द्र राई र हर्कबहादुर घर्तीमगर निर्वाचित भए भने महिलातर्फ क्रमशः सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता निङ्लेकु लिम्बू, मञ्जुकुमारी श्रेष्ठ, बिना राई सर्वसम्मत भए ।
अल्पसंख्यक पुरुषतर्फ सदस्यहरु विदुर खवास र उद्धव चेपाङ र महिलातर्फ रोशनी कँवर सर्वसम्मत भए । लेखा संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरुमा क्रमशः उर्मिला गम्बा (सर्वसम्मत) र भकेन्द्र लावती निर्वाचित भए ।
फोनिज सातौं संघीय महाधिवेशन चैत ६ देखि ८ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...