दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १० चैत । दमकमा जारी दमक गोल्ड कपमा नेकपा एमालेले राजनीतिकरण गरेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएका छन् ।
आज बिहिबार कांग्रेसले दमकमा पत्रकार सम्मेलन गरि सो कुरा बताएका छन् ।

कांग्रेस दमक गोल्ड कप सवै दमक बासीको अपनत्व गराउने भन्दा पनि आसन्न चुनाव लक्षित पार्टी गतिविधि जस्तो मात्र भएको आरोप लगाएको हो ।
कांग्रेस नेतृत्वले दमक गोल्ड कप फूटवलका लागि अत्यन्त राम्रो काम भएपनि त्यसलाई सफल बनाउन भन्दा स्थानीय सरकारको नेतृत्वगरिआएको पार्टी र गोल्डकपको संयोजन गरिआएको कथित खेलकुद विकास समितिले राजनीति गर्न खोजेको औल्याए ।
गोल्डकप आयोजना हामी सबैको साझा बन्न सक्नु परथ्र्यो भन्दै नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले तरप्रतियोगिताको तामझम हेर्दा नेकपा एमालेले खेलकुदमा चुनाव फसाएको जिकीर गरिन् । उनले आफू दमककैबासी भएर पनि खेल हेर्नआफूलाई बन्चित गराएको सुनाईन् । स्थानीय सरकारको कामकाज प्रति गंभीर आक्रोस पोख्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृलिम्बूले भनिन्, –‘ पाँच वर्षसम्म स्थानीय सरकारले यस्तै तरिकाले मन परी गरेको छ, यो ठिक होइन । हामी हिसावकिताव खोज्छौ ’
कार्यक्रमस्थलबाट गोल्डकपको शुभकामना दिदै उनले गोल्डकपमा हाम्रो पार्टी र त्यसलाई सफल बनाउन बनाउन गठन गरिएका कुनै पनिसमितिमा बसेर सहयोग नपुरयाँउन निर्देशन पनि दिइन् । २४ घण्टा भित्र गोल्डकपको कुनै पनि समितिमा बसेका कांग्रेस नेतृत्व, क्रियाशील सदस्यहरुले आफनो जिम्मेवारीबाट अलग हुन उनले कडा निर्देशन दिइन् ।
कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक गोल्डकप आयोजना हुनु खुसीको विषय भएपनि त्यसकोकार्यशैली प्रति तितो बोल्न बाँध्य हुनु परेको बताए । गोल्डकपप्रति कांग्रेसले असहयोग गर्न खोजेको नबुझन आग्रह गर्दे उनले तरगोल्डकपमा कता कता एकपक्षीय जस्तो भएको टिप्पणी गरे । उनले भने, –‘दमक गोल्डकपमार्फत दमकलाई चिनाउन खोजिए पनियसको तामझाम भने एमालेले फूटवल खेलाए जस्तो देखिन्छ, यस्तो हुनु दुखद हो ’
कांग्रेस क्षेत्रीयसहित प्रदेश सभा, दमकका कांग्रेस नेतृत्वहरुको उल्लेखीय सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश ( ख) का सभापति रवि केसीले पनि दमक गोल्डकप यसअघिका गोल्डकप जस्तै देखिएको बताए । सिमीत समूह,पार्टीबाट गोल्ड कपपरिचालित हुनु ठिक नभएको उनले टिप्पणी गरे ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइले दमक गोल्डकप आयोजना हुनु स्वागतयोग्य भएपनि त्यसभित्र भने राजनीति गर्न खोजिएकोबताए । बाटोघाटो,विद्यालय ,खोलानालामा स्थानीय सरकारले राजनीति गरेको उदाहरण दिदै उनले यति हुदाहुदै अव खेलकुदमा समेतराजनीतिकरण गरेर आफनो अनुहार उदाङ्गो पारेको टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा कांग्रेस १ नम्बर प्रदेश सदस्य भूमिराज राई, महाधिबेशन प्रतिनिधिहरु राजन ढुंगाना,रेगिना भटटराई प्रसाई, आइन्द्रकेरुङ, टिकाराज सापकोटालगायतका युवा नेताहरु, वडा सभापतिहरु, विभिन्न भूमिकामा रहेका पार्टी कार्यकर्ताहरुको उल्लेखीयउपस्थिति रहेको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...