बिश्वासिलो शाकोसको बार्षिकोत्सवमा रक्तदान

,   लिम्बुवान न्युज
                       

दमक, १२ चैत । दमकमा आज सञ्चालित खुला रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आफनो ११ औ बार्षिकोत्सवका अवसर पारेर स्थानीय गणतन्त्र चौकमा आयोजित रक्तदानमा १२ महिलासहित ६३ जनाले रगतदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहकारीका अध्यक्ष असिम राई, सचिव सुमन थुलुङ,सल्लाहकार संयोजक बिक्रम थाङदेन लगायतले रगतदान गरेका व्यवस्थापक हरिप्रसाद दाहालले बताए ।

सहकारीले आफनो बार्षिकोत्सवका अवसरमा रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु गरिआएको अध्यक्ष असिम राईले बताए । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।

१ हजार २७५ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूंजी १ करोड २० पुगेको छ । सहकारीले हालसम्म करिव २ करोड ऋण लगानी गर्न सफल भएको व्यवस्थापक दाहालले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;