बिश्वासिलो शाकोसको बार्षिकोत्सवमा रक्तदान

 लिम्बुवान न्युज
                       

दमक, १२ चैत । दमकमा आज सञ्चालित खुला रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आफनो ११ औ बार्षिकोत्सवका अवसर पारेर स्थानीय गणतन्त्र चौकमा आयोजित रक्तदानमा १२ महिलासहित ६३ जनाले रगतदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहकारीका अध्यक्ष असिम राई, सचिव सुमन थुलुङ,सल्लाहकार संयोजक बिक्रम थाङदेन लगायतले रगतदान गरेका व्यवस्थापक हरिप्रसाद दाहालले बताए ।

सहकारीले आफनो बार्षिकोत्सवका अवसरमा रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु गरिआएको अध्यक्ष असिम राईले बताए । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।

१ हजार २७५ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूंजी १ करोड २० पुगेको छ । सहकारीले हालसम्म करिव २ करोड ऋण लगानी गर्न सफल भएको व्यवस्थापक दाहालले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...