एमाले विरुद्ध ५ राजनीति दलको चुनावी मोर्चा

 लिम्बुवान न्युज
                       

मेयङलुङ, १५ चैत । तेह्रथुम स्थित ५ वटा कृयासिल राजनीति दलहरुले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै चुनावी मोर्चा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै दलहरुको केन्द्रिय गठबन्धनलाई जिल्ला स्थित पनि यथावत कायम राख्न सहमत भएको जानकारी गरिएको छ । मोर्चा स्थानीय निर्वाचनमा एमाले विरुद्ध एकभएर लड्न बनेको हो ।

यो गठबन्धन स्थानीय निकायको निर्वाचनमा समेत एक भएर चुनावी प्रतिस्पर्धा गर्ने भनिएको छ । तेह्रथुम जिल्लामा स्थानीय सरकारले अहिले नेतृत्व गरिरहेको र उसले गरेका सबै भ्रष्टाचार, अनियमितता लगायतका बिषयहरुको भण्डाफोर समेत गर्ने बताइएको छ । त्यस्तै आगामी स्थानीय निर्वाचन गठबन्धनको पक्षमा प्रभावकारी वनाउन नेपाली काङ्ग्रेसका नेता गोविन्द ढुंगानाको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरेको छ ।

उक्त समितिको सदस्यहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन तुम्बाहाङ्फे, माओवादी केन्द्रका जिल्ला अध्यक्ष इन्द्र इम्सङ, नेकपा एसका अध्यक्ष कृष्ण चोङबाङ, जसपाका अध्यक्ष भगवानमान रिजाल तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्चका जिल्ला अध्यक्ष बिजय निङलेकु रहको जनाइएको छ ।

२ नगरपालिका र ४ गाउँपालिका साथै ४३ वटा वडा रहेको तेह्रथुममा समग्रमा सहमति गरेर गठबन्धनले चुनाव लड्ने योजना सहित मोर्चा गठन गरिएको संघीय मञ्चका सहसचिव सेसेहाङ चोङबाङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...