एमाले विरुद्ध ५ राजनीति दलको चुनावी मोर्चा

 लिम्बुवान न्युज
                       

मेयङलुङ, १५ चैत । तेह्रथुम स्थित ५ वटा कृयासिल राजनीति दलहरुले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै चुनावी मोर्चा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै दलहरुको केन्द्रिय गठबन्धनलाई जिल्ला स्थित पनि यथावत कायम राख्न सहमत भएको जानकारी गरिएको छ । मोर्चा स्थानीय निर्वाचनमा एमाले विरुद्ध एकभएर लड्न बनेको हो ।

यो गठबन्धन स्थानीय निकायको निर्वाचनमा समेत एक भएर चुनावी प्रतिस्पर्धा गर्ने भनिएको छ । तेह्रथुम जिल्लामा स्थानीय सरकारले अहिले नेतृत्व गरिरहेको र उसले गरेका सबै भ्रष्टाचार, अनियमितता लगायतका बिषयहरुको भण्डाफोर समेत गर्ने बताइएको छ । त्यस्तै आगामी स्थानीय निर्वाचन गठबन्धनको पक्षमा प्रभावकारी वनाउन नेपाली काङ्ग्रेसका नेता गोविन्द ढुंगानाको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरेको छ ।

उक्त समितिको सदस्यहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन तुम्बाहाङ्फे, माओवादी केन्द्रका जिल्ला अध्यक्ष इन्द्र इम्सङ, नेकपा एसका अध्यक्ष कृष्ण चोङबाङ, जसपाका अध्यक्ष भगवानमान रिजाल तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्चका जिल्ला अध्यक्ष बिजय निङलेकु रहको जनाइएको छ ।

२ नगरपालिका र ४ गाउँपालिका साथै ४३ वटा वडा रहेको तेह्रथुममा समग्रमा सहमति गरेर गठबन्धनले चुनाव लड्ने योजना सहित मोर्चा गठन गरिएको संघीय मञ्चका सहसचिव सेसेहाङ चोङबाङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...