“नसान”को निर्देशनमा ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक (भिडियो सहित)
मङ्गलबार, १५ चैत, २०७८ रातीको १०:३६ बजे,
लिम्बुवान न्युज
दमक, १५ चैत । सञ्चरकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू भाषाको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक भएको छ । गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीत तथा सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ को भिडियो मंगलबार संगीत दर्पण नेपाल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
मोडल तथा निर्देशक अनिस लावती, दिपिका सेर्मा, भावना लावती र दीप राईको अभिनय रहेको भिडियोलाई पुष्प किराती र सेलिङ सेन्दोले छायाँकन गरेका छन् । यस्तै सम्पादन सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सनस्)को रहेको छ ।
संगीत दर्पण नेपालको प्रस्तुतिमा मोरङको जाँते र लेटाङको राजारानी ताल र झापाको बेल्डागी लगायतका रमणिय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा प्रेमिल जोडीहरुको हाँसो, रोदन, मिलन र बिछोडको खुशी अनि पिडालाई प्रस्तुत गरिएको छ ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा सुम्निमा देवानको मेकअप रहेको छ । यस अघि गायीका सुमिला आङदेम्बेको आवाजमा उक्त गीतको फिमेल भर्जनमा सार्वजनिक भईसकेको छ ।
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...
दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...
ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...
ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...