काठमाडाैंमा मञ्चको रक्तदान कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौं, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समिति र संघीय महिला मञ्च, नेपाल उपत्यका समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौं ३२ शम्भूमार्गस्थित कान्तिपुर हस्पिटल रक्तसंचार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

मञ्चका उपाध्यक्ष विष्णु यक्सोको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा चार दर्जन भन्दा धेरैले रक्तदान गरेका थिए । कार्यक्रममा मञ्चका संघीय सचिव चन्द्र कन्दङ्वा, शेर्पामञ्चका उपाध्यक्ष निमा शेर्पा, तामाङसालिङ महासचिव अजय तामाङ्, दलित मुक्तिमञ्चका ज्ञान बहादुर नेपाली, संघीय सदस्य डम्बर यक्सो, उपत्यका अध्यक्ष मिक्तोक लिम्बु, उपाध्यक्ष विशाल राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम महिला मञ्चकी अध्यक्ष पासाङ लामाको अध्यक्षता साथै उपत्यका समितिका मुख्य सचिव रन्धोज ताम्लिङकाे संचालनमा भएको थियो ।

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...