
धरान, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र क र ख मा प्रदेश समिति गठन भएको छ ।
मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा शुक्रबार धरानस्थित हरियाली भवनको सभाहलमा आयोजित कार्यक्रम कार्य समिति चयन भएको हो ।

प्रदेश (क) अध्यक्ष डम्बर कुमार केदेम
डम्बर कुमार केदेमको अध्यक्षतामा प्रदेश क समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षहरुमा पदम लिम्बु र शेर बहादुर पतङ्वा निर्वाचित भएका छन् । यसरी नै सचिवमा उर्मिला पंधाक, अर्थसचिवमा सुनिता लिम्बु तेयुङ चयन भएका छन् । समितिको सदस्यहरुमा ममता बि.क., मान बहादुर लिम्बु, रेणु लिम्बु शाही, विकास राई, अर्जुन लिम्बु, महेन्द्र सम्बाहाम्फे, नरबहादुर थलङ् लिम्बु, इन्दीरा राई, भोलामान वर्देवा, रबि वि.क. र इन्द्र लिम्बु रहेका छन् ।
प्रदेश क अध्यक्ष डम्बर कुमार केदेम 
प्रदेश (ख) अध्यक्ष राजेन्द्र सुक्वाबा लिम्बु
प्रदेश ख को अध्यक्षमा राजेन्द्र सुक्वाबा लिम्बुको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा इन्द्र याक्थुङवा लिम्बु, सुवास राई छन् भने सचिवमा तेज वनेम, सहसचिवमा अमृता केदेम र अर्थसचिवमा इन्द्र बहादुर मादेन निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः सागर राजधामी, गजेन्द्र पंधाक, शर्मिला परियार, पवन राजधामी, अमृता थोप्रा लिम्बु, पदम लिम्बु, एबिका लिम्बु, सुशिल ओख्राबु, रामकुमार राई र कल्पना लिम्बु चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित कार्य समितिहरुलाई बधाई तथा शुभकामना दिर्दै प्रमुख अतिथि लिङ्देनले मञ्च आन्दोलनको जगबाट जन्मिएको पार्टी भएको हुँदा जबसम्म संघीयता र पूर्णसमानुपातिक प्रणाली कार्यान्वयन हुँदैन मञ्च निरन्तर सडक आन्दोलनमा हुने बताए । उनले भने सबै प्रकारको लोकतान्त्रिक चुनाव प्रणालीसँग संघर्ष गर्दै आन्दोलनको जगबाट मञ्चलाई लिम्बुवानदेखि खसानसम्म स्थापना गरि छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

एकात्मकवादीहरुले त्यति सजिलै पहिचानलाई स्वीकार गर्न नसक्ने तर एकदिन स्वीकार गरेरै छाड्ने लिङदेनले दावी गरेका छन् । स्थानीय तहको निर्वाचनमा मञ्च सके एक्लै लड्ने नसके आफ्नो पार्टीको अस्तित्व कायम रहने दुई वा सो भन्दा बढी दलहरु मिलेर चुनाव लढ्नेगरी लाग्न सबै नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्षहरु चन्द्र खापुङ, एबी पंधाक, कृष्णमान थेवे, इन्दीरा मेन्याङबो, विष्णुमाया थापा भट्टराई, प्रान्तीय महासचिव दिलकुमार लावती, उपमहासचिव धनराज सुब्बा, भुपेन्द्र सुन्दर लावती, पूर्णकला तेयुङ्, संघीय सहसचिव पदम तामाङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सुनसरी निर्वाचन क्षेत्र १ (क) का संयोजक पूर्णकला तेयुङको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य मञ्चका नगर अध्यक्ष सञ्जुहाङ साम्बाले गरेका थिए भने कार्यक्रम संचालन सुनसरी जिल्ला सचिव निर्मल राईले गरेका थिए ।