मेयरमा प्रकाश लिङदेनको नाम चर्चामा

शिवसताक्षी, १९ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरले स्थानीय तह चुनाव लक्षित बृहत छलफल गरेको छ । शनिबार शिवसताक्षी किरात राई साकेलाथानमा आयोजित बृहत भेलाले विभिन्न समितिहरु समेत गठन गरेको छ ।
आज आयोजित भेलाले मेयरमा संघीय नेता प्रकाश लिङ्देन र उपमेयरमा महासचिव शान्ता योङहाङको नाम सिफारिस गरिएको छ । बृहत भेलाले द्वय नेताहरुलाई सिफारिस गरेको युवा नेता प्रताप निङ्लेखुले जानकारी दिएका छन् ।

चुनावी कार्यक्रम सम्पन्न गर्न निम्न अनुसार समितिहरु गठन भएको छ ।
चुनावी गठबन्धन वार्ता समिति संयोजका राजु राई चयन भएका छन् । समितिको उपसंयोजक भिमबहादुर सुनुवार रहेका छन् भने सदस्यहरुमा प्रकाश लिङ्देन, कमल पौडेल, दिलबहादुर सेरेङ, जसबहादुर तामाङ, किरण लिङ्देन, सुमन सम्बाहाम्फे र बिचारी लावती रहेका छन् ।
त्यसैगरी निर्वाचन परिचालन समितिको संयोजकमा किरण लिङ्देनलाई जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा राम थपलिया, जसकुमार तामाङ, दिलबहादुर सेरेङ, दलकुमार सेर्मा, बि. एम. लक्सम, भिमबहादुर सुनुवार, कमल पौडेल, बुद्धि योङ्हाङ, भिमप्रसाद सेर्मा, प्रकाश लिङ्देन र नगर समिति स्वत रहेका छन् । त्यसैगरी नगरभरिका वडा समिती सबै समेटिएका छन् ।
यसैगरी चुनाव प्रचारप्रसार समिति संयोजकमा कमल पौडेल चयन भएका छन् । उप–संयोजकमा जसकुमार तामाङ, सचिवमा किराती बिबेक सुनुवार (लिनोच) त्यसैगरी सदस्यहरुमा मनिता आङ्देम्बे, सुरज सम्बाहाम्फे, संजय सिगु, बिजय योङ्हाङ, रोहन थेगिम, शिव सेर्मा, सुबिन चेम्जोङ, जितेन यक्तेन, बालन्द राई र मनमाया नेम्वाङ चयन भएका छन् ।

यसरी नै आर्थिक व्यवस्थापन समितिमा संयोजक दुर्गाबहादुर चेम्जोङ रहेका छन् । यसैगरी भिमप्रसाद सेर्मा, अमर योङ्हाङ, हर्कबहादुर निङ्लेखु, देवीबहादुर निङ्लेखु (प्रताप), प्रकाश लिङ्देन, दल कुमार सेर्मा, बि. एम. लक्सम, भगिश्वर मेन्याङ्बो, सुमन सम्बाहाम्फे, नामसाङ सिगु, मनकुमार तुम्बापो र मानबहादुर जबेगु चयन भएका छन् ।
यसरी नै प्रवास सम्पर्क समन्वय समितिमा संयोजक ज्ञानुहाङ इम्बुङलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश लिङ्देन, दिलबहादुर सेरेङ, किरण लिङदेन, बिचारी लावती, जसकुमार तामाङ र समीर योङ्हाङ चयन भएका छन् ।
त्यसैगरी ५ नम्बर वडाको अध्यक्षमा राम कुमार लिम्बु, ६ को मनकुमार तुम्बापो, ७ को अध्यक्षमा किरण लिङदेन, ९ को अध्यक्षमा जितेन्द्र आङ्बो, १० को अध्यक्षमा सञ्जय सिगु, ११ को अध्यक्षमा बादल राईको नाम सिफारिस भएको छ भने वडा नं. १, २, ३, ४ र ८ को उम्मेद्वार मनोनन गर्न बाँकी रहेको जनाइएको छ ।