चो?लुङ पार्कमा निर्मित मौलिक भवनहरुको उद्घाटन

 लिम्बुवान न्युज
                       

तेह्रथुम – लालीगुराँस नगरपालिकाको चो?लुङ पार्कमा नव निर्मित भवनहरु आज उद्धघाटन गरिएको छ । पार्कमा निर्माण गरिएको लिम्बुजाती संग सम्बन्धीत मौलिक युमा संग्राहालय, सिरिजङ्गा साप्लाहिम र पेगि फाङसाम हिमको भौतिक पुर्वाधार तथा यातायात पुर्व राज्यमन्त्री सीता गुरुङले एक समारोहका बिच उद्धघाटन गर्नुभएको हो ।

भवन उद्धघाटन गर्दै पुर्व राज्यमन्त्री गुरुङले चो?लुङ पार्कले लिम्बु जातीको मौलिक मात्र सभ्यता उजागर नगरेर पुर्वको पर्यटन प्रवद्र्धनमा नै टेवा पु¥याएको तर्क राख्नुभयो । तेह्रथुम जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले चो?लुङ पार्कमा निर्माण गरिएको मौलिक कलात्मक घर तथा संग्रालयले जिल्ला कै पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भवन उद्धघाटनका लागी गृहमन्त्री वालकृष्ण खाड आउने कार्यक्रम तय गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाई भएकोले गृहमन्त्री द्धारा भवन उद्धघाटन गर्न नसकिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो ।

मेयर माबोहाङका अनुसार आईतबार राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्धारा सांगितिक प्रस्तुती रहने भएको छ । सांस्कृतिक कार्यक्रमका लागी सुनिता थेगिम,ुसनिता संयक लगायतका कलाकार तेह्रथुम आउने तयारी रहेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...