चो?लुङ पार्कमा निर्मित मौलिक भवनहरुको उद्घाटन

 लिम्बुवान न्युज
                       

तेह्रथुम – लालीगुराँस नगरपालिकाको चो?लुङ पार्कमा नव निर्मित भवनहरु आज उद्धघाटन गरिएको छ । पार्कमा निर्माण गरिएको लिम्बुजाती संग सम्बन्धीत मौलिक युमा संग्राहालय, सिरिजङ्गा साप्लाहिम र पेगि फाङसाम हिमको भौतिक पुर्वाधार तथा यातायात पुर्व राज्यमन्त्री सीता गुरुङले एक समारोहका बिच उद्धघाटन गर्नुभएको हो ।

भवन उद्धघाटन गर्दै पुर्व राज्यमन्त्री गुरुङले चो?लुङ पार्कले लिम्बु जातीको मौलिक मात्र सभ्यता उजागर नगरेर पुर्वको पर्यटन प्रवद्र्धनमा नै टेवा पु¥याएको तर्क राख्नुभयो । तेह्रथुम जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले चो?लुङ पार्कमा निर्माण गरिएको मौलिक कलात्मक घर तथा संग्रालयले जिल्ला कै पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भवन उद्धघाटनका लागी गृहमन्त्री वालकृष्ण खाड आउने कार्यक्रम तय गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाई भएकोले गृहमन्त्री द्धारा भवन उद्धघाटन गर्न नसकिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो ।

मेयर माबोहाङका अनुसार आईतबार राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्धारा सांगितिक प्रस्तुती रहने भएको छ । सांस्कृतिक कार्यक्रमका लागी सुनिता थेगिम,ुसनिता संयक लगायतका कलाकार तेह्रथुम आउने तयारी रहेको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...