विश्वकप २०२२ को ड्र सार्वजनिकः कुन देश कुन समूहमा

 लिम्बुवान न्युज
                       

काठमाडौँ । कतारमा यस बर्ष हुने फिफा विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । आयोजक सहित २९ देशको टुंगो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकि ३ देशको टुंगो आगामी जुनमा मात्र लाग्ने छ ।

विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड रहेका छन् । यसैगरी अन्यदेशहरु घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।

त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ ।

त्यसैगरि उत्तर अमेरिकी क्षेत्रबाट कोष्टारिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टारिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ । यि देशहरु मध्येबाट ३ देशले विश्वकप २०२२ खेल्ने छन् ।

विश्वकपमा कुन समुहमा को को परे ?

समुह ए 

१- कतार
२- नेदरल्यान्ड्स
३- सेनेगल
४- इक्वेडर

समुह बि 

१- इङल्याण्ड
२- अमेरिका
३- इरान
४- स्कटल्याण्ड/युक्रेन/वेल्स

समुह सी 

१- अर्जेन्टिना
२- मेक्सिको
३- पोल्याण्ड
४- साउदी अरेबिया

समुह डी 

१- फ्रान्स
२- डेनमार्क
३- ट्युनिसिया
४- युएई/अस्ट्रेलिया/पेरु

समुह इ 

१- स्पेन
२- जर्मनी
३- जापान
४- कोस्टारिका/न्यूजील्याण्ड

समुह एफ

१- बेल्जियम
२- क्रोसिया
३- मोरक्को
४- क्यानाडा

समुह जी 

१- ब्राजिल
२- स्वीटजरल्याण्ड
३- सर्बिया
४- क्यामरुन

समुह एच

१- पोर्चुगल
२- उरुग्वे
३- दक्षिण कोरिया
४- घाना

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...