प्रदेश प्रमुख खापुङद्वारा चिचिरी–गेन्द्रो दिवस २०७८ को उद्घाटन

 लिम्बुवान न्युज
                       

उर्लाबारी, २० चैत । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गर्नुभएको छ । उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्रको प्राङ्गणमा आयोजित दिवसको शनिबार खापुङले उद्घाटन गरेका हुन् ।

चिचिरी–गेन्द्रोमा धिमाल जातिले परापूर्वकालदेखि दैनिक प्रयोगमा ल्याइरहेको खानालाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालले जानकारी दिएका छन् ।

धिमाल जातिले चामलबाट पकाएर बनाइने खानालाई चिचिरी र चामलको पिठोबाट बनाइने गेन्द्रो भनिन्छ । अन्यभन्दा विशेष भएकोले धिमाल जातिले फुड फेस्टिभलको नाम नै चिचिरी–गेन्द्रो राखेको हो ।

चिचिरी–गेन्द्रोको उद्घाटन गर्दै प्रदेश माननीय परशुराम खापुङले यस्ता फेस्टिभलले नेपालभित्रको नेपाली मौलिकतालाई विश्वभर पु¥याउन सकिने बताउनुभयो । “चिचिरी–गेन्द्रो दिवसको उद्घाटनमात्र होइन, अहिलेसम्म स्वाद लिन नपाइएको खानाहरु चाख्न पाइएको छ, धिमाल जातिले स्वास्थ्यवद्र्धक, पौष्टिक खाना धेरै

अगाडिदेखि सचेतता अपनाएको रहेछ भन्ने प्रष्टिएको छ ।” माननीय प्रदेश प्रमुखको थप भनाई थियो । एक दिवसीय धिमाल फुड फेस्टिभल धिमाल जातिका २० प्रकारका खाना स्टल राखिएका थिए । त्यसैगरी धिमाल कलाकारहरूद्वारा विभिन्न प्रस्तुति पनि दिएका छन् ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...