झापामा जिल्लास्तरीय सहकारी सेम्मलनको मन्त्री आङबोबाट उदघाटन

 लिम्बुवान न्युज
                       

बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ ।
झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको एक भव्य कार्यक्रमका बीच १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले उद्घाटन गरे ।

संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव भवानीप्रसाद दंगाल र सहसचिव कृष्णप्रसाद मिश्रले गरेका थिए ।

सम्मेलनको पहिलो दिन संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले झापामा सहकारीको सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । त्यस्तै, अस्ट्रेलियाका लागि पूर्वराजदुत महेशराज दाहालको उत्प्रेरणात्मक प्रस्तुति रहनेछ ।

पहिला दिनको अन्तिम कार्यपत्र नेफ्स्कुनका पूर्वकोषाध्यक्ष केशव पोखरेलको रहनेछ । उनको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण संयोजक लक्ष्मी उप्रेती टिप्पणीकारका रुपमा रहेका छन् ।

सम्मानित र पुरस्कृतको नाम सार्वजनिक

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुअघि संघले यस वर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ । संघका अध्यक्ष गणेश ढकालले यस वर्ष संघले सम्मान गर्नेहरुको नाम घोषणा गरेका हुन् ।

यस वर्ष झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बाँस्कोटालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । त्यस्तै, पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मी लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था रहेका छन् ।

उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । उनीहरु सबैलाई पुरस्कारस्वरुप नगद १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष ढकालले बताए ।

यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;