सत्ता गठबन्धनद्वारा चुनावी तालमेलका लागि १० सदस्यीय समिति गठन

 लिम्बुवान न्युज
                       

काठमाडाैं । सत्तारूढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो।

समितिका सदस्यहरू कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा) बाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट सचिव हिमलाल पुरी छन्।

तालमेलको मोडालिटी तयार पार्न बुधबार समितिको बैठक बस्ने भएको छ। बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ।

यसरी नै १ नं. प्रदेश सरकारमा रहेकाे गठबन्धनमा पनि चुनावी तालमेल हुने बताइएकाे छ । प्रदेश १ सरकारमा कांग्रेस, माअाेवादी, नेकपा एस, जसपा सँगै संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च पनि सरकारमा रहेकाे छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;