प्रदेश प्रमुख खापुङद्वारा आर्थिक कार्यविधि प्रमाणिकरण

 लिम्बुवान न्युज
                       

विराटनगर, २३ चैत । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण गर्नुभएको छ ।

प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम मिति २०७८÷१२÷११ गते बसेको प्रदेश सभाको नवौं तथा हिउँदेको अधिवेशनको ११ औं बैठकले उक्त विधेयक पारित गरेको थियो ।

संविधानको धारा २०१ को उपधारा (१) बमोजिम माननीय सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष प्राप्त हुन आएकोमा नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट मिति चैत्र २३ गते बुधबारका दिन उक्त विधेयक प्रमाणीकरण भएको हो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...