झिलझिलेमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुती हुने

 लिम्बुवान न्युज
                       

झापा, २४ चैत । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ ।

यही चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन् ।

“झापा धेरैपटक आइसकेको,स्टेज चढिसकेको भएतापनि यो चैत २५ गते विशेष हुनेछ “ खरेलले भने । उनी भन्छन् “पहिलोपटक आफ्नो आधिकारिक ब्याण्डसहित प्रस्तुति दिंदैछु । र ब्याण्डको नाम पनि त्यही दिन घोषणा गर्नेछु ।”

यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिएका थिए । नेपालबाट त्यहाँ सहभागी हुने खरेल पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको थियो ।

“कार्यक्रम सांझ ६ बजेदेखी सुरू हुने छ ।” त्यसको लागि आवश्यक तयारी सकिएको र टिकटदर ३०० रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टका मेनेजिड्ं डाइरेक्टर सौजनराज संग्रौलाले वताए ।

२०५६ सालमा निर्दोषी मायालु गीतबाट नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रमोद झापा बनियानीमा स्थायी बासिन्दा हुन् । उनी भोइस अफ नेपालका कोच समेत हुन् ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...