लिम्बुवान नभए बिद्राेह गर्ने – कुमार लिङदेन ‘मिराक’

 लिम्बुवान न्युज
                       

पान्थर, २४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध लिम्बुवान राष्ट्रिय मंच नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले १ नम्बर प्रदेशको नामाकरण गरिदा लिम्बुवान लाई छुटाए बिद्रोह हुने बताएका छन् ।

पान्थरको कुम्मायक गाउपालिका २ माङजाबुङको लामाटारमा सम्पन्न किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन समारोह कार्यक्रम मा मन्तव्य दिने क्रममा सो कुरा बताएका हुन । आगामी दिनमा १ नम्बर प्रदेशको नामकरण गर्दा लिम्बुवान छुटे राम्रो नहुने बताएका थिए । प्रदेश १ को नाममा यो ऐतिहासिक भुमिमा हिजो काङसोरे, फाल्गुनन्द, इमासिं चेम्जोङ, सिरिजङगाहरुले थालेको अभियान प्रदेशको नामकरण गर्दा लिम्बुवान नाम छुटे यो देशमा नौ रेक्टर स्केलको भुकम्प आउछ भनेर बारम्बार भन्दै आईरहेको बताए ।

कार्यक्रममा लिङ्देनले भने हामी प्रदेश नामकरण लागि लडिरहेको छौ । यहाँ ७ नम्बर प्रदेशको नाम सुदुरपश्चिम ६ नम्बर को कर्णाली ५ नम्बरको को लुम्बिनी ४ नम्बरको गण्डकी ३ को बागमती र प्रदेश नम्बर २ को मधेस भएको बताउदै उनले भने मधेस प्रदेशको लागि कांग्रेस ,एमाले,माओवादीका संसदहरु पार्टी भन्दा माथी उठेर भोट दिए त्यहा कसैले कार्वाही गर्न नसकेको बताए । कुमार लिङ्देनले १ नम्बर प्रदेशको नामकरण गर्दा लिम्बुवान नामकरण गर्नको लागि एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजबादी, जनमुक्ति समाजबादी, मंगोल लगायत सबै राजनीतिक पार्टीलाई बिराटनगरको संसद भवनमा लिम्बुवान हुनुपर्छ भनेर एकहुन आह्वान तथा अनुरोध समेत गरे ।

यसैगरी लिङ्देनले भने सेर्माहरुले किरात धर्म, किरात याक्थुङ चुम्लुङ र राजनीतिक क्षेत्रमा धेरै योगदान पुर्याएको भन्दै यो महाधिवेशनले यो लिम्बुवान भुमी, लिम्बू समुदाय र सेर्मा बंशहरुको लागि नया नया योजनाहरु ल्याउन सकोस भन्दै शुभकामना समेत दिएका थिए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...