दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
माेरङ् २४ गते । मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रम आज उर्लाबारीमा सम्पन्न भएको छ ।
विहिवार मोरङको उर्लाबारी नगरपालिका वडा नं.३ मंगलबारे स्थित मुसाहाङ समाज जिल्ला शाखा कार्यालय परिसरमा आयोजित १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । थोेरै जनसंख्यामा रहेका मुसाहाङ थरीको माङ्गेन्ना यक उत्पति थात्थलो पोक्लाबाङ् यक हो ।
कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय ब.उपाध्यक्ष हस्त बहादुर मुसाहाङ लिम्बू (केस्री), केन्द्रीय सदस्य दिल बहादुर मुसाहाङ लिम्बू, नेप्ट बहादुर मुसाहाङ लिम्बू, पूर्व केन्द्रीय सदस्य प्रेमकुमार मुसाहाङ लिम्बू लाहुरे, मुसाहाङ समाज जिल्ला शाखा मोरङ पूर्व अध्यक्ष देबेन्द्र मुसाहाङ लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा इलामको चुलाचुली, झापाको सुरुङगा,झिलझिले, गौरादह सीतापुरी, दमक,बेल्डाँगी, मोरङको उर्लाबारी, मधुमल्ला, टाँडी, जाँते, अमरदह, सलकपुर सुनसरीको बराहक्षेत्र भरौलमा बसोबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । त्यसै गरी मोरङको पथरी, बयरवन,लेटाङ कमलपुर, वाराङ्गी,केराबारी, भोगटेनी, सिंहदेवीमा पनि मुसाहाङको बसोबास रहेको छ ।
कार्यक्रम मुसाहाङ समाज जिल्ला शाखा समिति (इलाम, झापा, मोरङ, सुनसरी) अध्यक्ष मंगले मुसाहाङ लिम्बूको अध्यक्षतामा, स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष फूलकुमारी मुसाहाङले राखेकी थिइन भने सचिव रुपनारायण मुसाहाङ लिम्बूले संचालन गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...