मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा भेटघाट उर्लाबारी

 लिम्बुवान न्युज
                       

माेरङ् २४ गते । मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रम आज उर्लाबारीमा सम्पन्न भएको छ ।

विहिवार मोरङको उर्लाबारी नगरपालिका वडा नं.३ मंगलबारे स्थित मुसाहाङ समाज जिल्ला शाखा कार्यालय परिसरमा आयोजित १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । थोेरै जनसंख्यामा रहेका मुसाहाङ थरीको माङ्गेन्ना यक उत्पति थात्थलो पोक्लाबाङ् यक हो ।

कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय ब.उपाध्यक्ष हस्त बहादुर मुसाहाङ लिम्बू (केस्री), केन्द्रीय सदस्य दिल बहादुर मुसाहाङ लिम्बू, नेप्ट बहादुर मुसाहाङ लिम्बू, पूर्व केन्द्रीय सदस्य प्रेमकुमार मुसाहाङ लिम्बू लाहुरे, मुसाहाङ समाज जिल्ला शाखा मोरङ पूर्व अध्यक्ष देबेन्द्र मुसाहाङ लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा इलामको चुलाचुली, झापाको सुरुङगा,झिलझिले, गौरादह सीतापुरी, दमक,बेल्डाँगी, मोरङको उर्लाबारी, मधुमल्ला, टाँडी, जाँते, अमरदह, सलकपुर सुनसरीको बराहक्षेत्र भरौलमा बसोबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । त्यसै गरी मोरङको पथरी, बयरवन,लेटाङ कमलपुर, वाराङ्गी,केराबारी, भोगटेनी, सिंहदेवीमा पनि मुसाहाङको बसोबास रहेको छ ।

कार्यक्रम मुसाहाङ समाज जिल्ला शाखा समिति (इलाम, झापा, मोरङ, सुनसरी) अध्यक्ष मंगले मुसाहाङ लिम्बूको अध्यक्षतामा, स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष फूलकुमारी मुसाहाङले राखेकी थिइन भने सचिव रुपनारायण मुसाहाङ लिम्बूले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...