मञ्चद्वारा चैत्र २९ सम्ममा स्थानीय तह उम्मेद्वार चयन गर्न पालिकाहरुलाई निर्देशन

 लिम्बुवान न्युज
                       

दमक, २५ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पालिकाहरुलाई यहि चैत्र २९ गतेसम्ममा प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिएको छ ।

मञ्चको प्रान्तीय कार्यालय दमकमा बसको पदाधिकारी बैठकले उम्मेद्वारहरुको नाम सिफारिस गर्न जिल्ला मार्फत सबै पालिकाहरुलाई निर्देशन दिएको हो ।

मञ्च प्रदेश नं. १ मा प्रदेशमा थ्रेसहोल्ड कटाई प्रदेश सदस्य समेत रहेको दल हो । पहिचान सहितको १०+१ प्रान्त कायम गर्न आन्दोलनरत दल यतिबेला चुनावी मैदानमा उत्रिएको महासचिव अशोक चेम्जोङले बताएका छन् । प्रदेश नं. १ मा सत्ता गठबन्धनमा रहेको मञ्च चुनावी गठबन्धनको लागि सबै दलहरुसँग छलफल वार्ता गर्न स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनले वेवास्थ्ता गरे प्रमुख प्रतिपक्षी दल लगायत अन्य दलहरुसँग समेत मोर्चा गर्न नभए सबै स्थानीय तहहरुमा एक्लै चुनाव लढ्ने तयारी गरिरहेको जनाइएको छ ।

मञ्चले लिम्बुवान प्रान्त अन्तर्गत तेह्रथुममा सत्ता पक्षसँग वार्ता गरिरहेको छ भने धनकुटाको चौविसे गाउँपालिकामा एक्लै उम्मेद्वारी दिने तयारी गरिरहेको छ । त्यसैगरी इलामको चुलाचुली, झापाको मेचीनगर, बुद्धशान्ती, शिवसताक्षी, कमल, दमक त्यसैगरी मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे, केराबारी, बेलाबारी, यसरी नै सुनसरीको धरानका केही वडाहरु, इटहरीका केही वडाहरुमा एक्लै चुनावी मैदानमा लड्ने तयारी गरिरहेको निर्वाचन परिचालन समिति संयोजक ज्ञान बहादुर गुरुङले लिम्बुवान खबरलाई जनाएका छन् ।

यसैक्रममा ताप्लेजुङको सबै पालिकाहरु, पान्थरको सबै पालिकाहरु पनि चुनावी मोर्चा वा एक्लै मैदानमा उत्रने विषयमा तयारी भईरहेको जिल्ला नेतृत्वहरुबाट जानकारी प्राप्त भएको छ ।

यसरी नै मञ्चले ६० भन्दा बढी जिल्लाहरुमा चुनाव लड्ने तयारी गरिहेको समेत महासचिव चेम्जोङले बताए । लिम्बुवानको सबै जिल्लाहरुमा, त्यसैगरी मधेश, खसान, नेवाः, तामाङसालिङ, तमुवान र गैरभौगोलिक दलित मञ्चको विशेष पहलमा केही पकड क्षेत्रमा दलित उम्मेद्वारहरुलाई समेटेर मञ्चले उम्मेद्वारी दिने तयारी थालेको जनाइएको छ ।

बढी आन्दोलनमा केन्द्रित संघीय मञ्च पछिल्लो समयमा चुनावी माहोलमा केन्द्रित भएको छ । संगठन विस्तारलाई बढी जोड दिर्दै लिम्बुवान देखि खसानसम्म दौडिरहेको मञ्च यतिवेला चुनाव केन्द्रित कार्यक्रममा सक्रिय भएको पार्टी स्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...