भुपेन्द्र तुम्बाहाम्फेकाे अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ १ नं. प्रदेश समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, २५ चैत/ याक्थुङ मुन्चइत चोक सयङ कार्यशाला गोष्ठी तथा लिम्बुवान प्रदेश तदर्थ समिति गठन आज सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ चलचित्र निर्देशक नबीन सुब्बा मुसाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भुपेन्द्र तुम्बाहाङ्फेको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ मुन्चइत चोक सयङ १ न. (लिम्बुवान) प्रदेश समिति चयन गरेको हाे ।

समितिको उपाध्यक्षमा इन्दिरा नेम्बाङ र १ जना मनोनित गर्न बाँकी रहेकाे छ । यसरी नै सचिवमा चेतन आङथुप्पो डर, सहसचिवद्धय मिना नेम्बाङ, सुमन कुरुम्बाङ र कोषाध्यक्षमा अनिश लाओती निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः राजन पङ्धाक झापा, रिमा कन्दङ्वा झापा, दीप केरुङ सुनसरी, कृति मिभक सुनसरी, बन्दना फेवदेन मोरङ, नुनाम केरुङ पान्थर, अमिर थक्लुङ संखुवासभा, टि.आर. सेनेहाङ तेरथुम, प्रकाश सावादेन इलाम, मनकुमार योङहाङ इलाम रहेका छन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, संचारकर्मी आन्छुने नसान, मुसाहाङ अम्याङसा, चेतन डर, कलाकार राजकुमार आङ्देम्बे लगायत लिम्बू चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय अध्यक्ष सूर्य प्रकाश चेम्जोङको अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन महासचिव वनेम विक्रम फागोले गरेका थिए ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...