पत्रकार महासंघ झापाको भित्तेपात्रो सार्वजनिक

 लिम्बुवान न्युज
                       

विराटनगर । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो सार्वजनिक भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र महासंघ प्रदेश १ का अध्यक्ष लीला बल्लव घिमिरेले संयुक्तरुपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

बिहीबार विराटनगरमा भएको पत्रकार महासंघ प्रदेश १ को प्रदेश सम्मेलन उद्घाटन समारोहमा पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

पत्रकार महासंघ झापा शाखाले विभिन्न महत्वपूर्ण विवरण संलग्न गरी छ पृष्ठको वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । महासंघले वर्तमान कार्यसमिति, पूर्व अध्यक्षहरु, झापाबाट निर्वाचित राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य र प्रदेश १ मा झापाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण संलग्न गरिएको छ ।

त्यस्तै महासंघ झापा शाखाका दुई सय ६० जना सदस्यको विस्तृत विवरण, पत्रकार आचारसंहिता अन्तर्गत पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको विवरण भित्तेपात्रोमा समावेश गरिएको महासंघ कार्यसमिति सदस्य सन्तोष शर्माले जानकारी दिए ।

महासंघ झापा शाखाले पत्रकार आचारसंहिता जागरण अभियान अन्तर्गत भित्तेपात्रोमै आचारसंहिताको महत्वपूर्ण अंश समावेश गरिएको छ । भित्तेपात्रो सबै सदस्य र सञ्चारमाध्यममा उपलब्ध गराइने कार्यालय सचिव अनुषा चुडालले बताइन् ।

विभिन्न ११ बुँदे घोषणा जारी गर्दै सम्पन्न महासंघको प्रदेश सम्मेलनमा झापा शाखाबाट अध्यक्ष एकराज गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र सुशिला संग्रौला, सचिव डिकेश लामा, कार्यसमिति सदस्य विनोद पाण्डेको सहभािगता रहेको थियो ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...