कमलमा लिम्बुवान भोलेन्टियर्स प्राईमरी र सेल कमाण्डर नियुक्त

 लिम्बुवान न्युज
                       

दमक, २७ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स प्राईमेरी कमाण्डर र सेल कमाण्ड नियुक्त गरिएको छ । उपाध्यक्ष तथा एल.भी. केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा शनिबार केर्खामा आयोजित कार्यक्रमले १२ जनालाई कमाण्डरको जिम्मेवारी दिइएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रान्तीय सचिवालय सदस्य बल नाथ नाल्बो, सूर्य प्रसाद याक्पादेन लगायत नेताहरुको उपस्थितिबाट ४ जनालाई प्राईमेरी कमाण्डर र ८ जनालाई सेल कमाण्डर नियुक्ती गर्दै पत्र–प्रदान साहित सम्मान गरिएको छ ।

प्राईमेरी कमाण्डरहरुमा जीत बहादुर चेम्जोङ, मनी कुमार चेम्जोङ, मोहन चन्द्र कार्की र विक्रम सेर्मा लिम्बु चयन भएका छन् । यसैगरी सेल कमाण्डरहरुमा पंच राम मांझी, शुकु बहादुर सेर्मा, इप्सन पाण्डे, जगत धिमाल, पूर्ण लिम्बु, रोजीना सुनाम, डम्बरु प्रसाद पौडेल र महेन्द नाल्बो नियुक्ति भएको प्रान्तीय सदस्य तथा एलभी सिनियर कमाण्डर बसन्तराज सुब्बाले जानकारी दिएका छन् ।

त्यस्तैगरी सोही कार्यक्रमले कमल वार्ड नं. २ कमिटीमा वरिष्ठ उपाध्यक्ष खड़क बहादुर लिम्बु र सदस्यमा विनु चेम्जोङ, दिल कुमारी लिम्बुलाई मनिोनित गरिएको छ ।
उक्त कार्यक्रममा अतिथि संघीय खसान मञ्चका उपाध्यक्ष भीम कार्की, एल. भि केंद्रीय उपकमाण्डर मंडेम लिम्बु, क्षेत्रीय उपाध्यक्ष इन्द्र सोदेम्बा , क्षेत्रीय सचिब तीर्थ पोमु लिम्बु, क्षेत्रीय सदस्य अशोक राई, कमल सचिब विजेंद्र मेन्याङबो लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सिनियर फिल्ड कमाण्डर देवेन्द्र लिम्बुको सभापतित्व, कमल अध्यक्ष मावोहाङ अमर लिम्बुको स्वागत मन्तव्य र सचिब नर बहादुर केरुङको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रमको विशेष सहजिकरन केंद्रीय सीनियर उपकमाण्डर तथा क्षेत्र ५ इंचार्ज बसन्त राज योङहाङले गरेका थिए ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...