दिनेशको निर्देशनमा गंगा र जसुको ‘पान्थरेनी’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १ वैशाख । कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा गायिका गंगा फियाक लिम्बू र गायक जसु थेबे लिम्बूको सुमधुर आवाजमा  लिम्बू भाषाको  गीत ‘पान्थरेनी’को भिडियो सार्वजनिक गरिएको छ ।

संचारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा संगीतकार सेमिहाङ सिंगकको संगीतमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘पान्थरेनी’को भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थरेनी र चारखोले तरेमा तरेबाहरुको माया प्रेमलाई प्रस्तुत गरिएको भिडियोमा समिर सुव्वा(एलिस), सुनिता चेम्जोङ(तीनघरे कान्छी), एम.के. योङहाङ र कुसुम लिम्बूको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको भिडियोमा कृष्ण सुबेदीको मेकअप, देवराज सिग्देल(मोती)को छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।
भिडियाे हेर्नेहाेस्ः

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...