जिम्दार चौंकमा आदिवासीहरुले सिरुवा मेला धुमधाम मनाए

 लिम्बुवान न्युज
                       

झापा, १ बैशाख । झापाको कमल ६ स्थित जिम्दार चोकमा सिरुवा सांस्कृतिक मेला आदिवासीहरुले धुमधामसँग मनाएका छन् । हरेक नयाँ बर्षको दिन मनाईदै आईरहेको सिरुवा मेला यो बर्ष २०७९ को अवसर पारेर यसवर्ष पनि धुमधामका साथ लागेको हो ।

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको सिरुवा मेला यसवर्ष भने जोखिम केहि सहज भएसंगै लगाइएको स्थानीय सत्यनारायण ताजपुरियाले बताए । उनका अनुसार विहानैदेखि मेलामा टाडाटाडाबाट आएका तीर्थालु तथा अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रकृतिपूजक पूर्वका रुपमा मानिने यो पर्व विशेष गरेर आदिवासी ताजपुरियासहित धिमाल, राजवंशी लगायतका जातीले नयाँ बर्षका दिन सामूहिक रुपमा सिरुवा पर्व मनाउदैआएको र त्यसै पर्वको अवसरमा बर्षोदेखि त्यहाँ सांस्कृतिक मेला लाग्दैआएको स्थानीय समेत रहेका नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले बताए ।

उनका अनुसार विहानै त्यहाँको महाराजथानमा पूजाआजा गर्नुका साथै एकापसमा हिलो खेलेर शुभकामना आदानप्रदान गरिएको छ । पर्वमा लाग्दैआएको सांस्कृतिक मेलामा ठुलो संख्यामा दर्शानार्थीहरुको घुईचो लागेको छ । मेलामा स्थानीय घरेलु उत्पादन तथा खेल तमासाहरु राखिएका थिए ।

आदिवासी बाहुल्य रहेको झापा र मोरङको विभिन्न स्थानहरुमा पनि सांस्कतिक मेला लाग्दैआएको छ । (तस्वीरः प्रदेशवाणीबाट)

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...