‘चो?लुङ पार्क’ म्यूजिक भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

तेह्रथुम,६ बैशाख/ गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोल गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगीत रहेको यस गीतको म्यूजिक भिडियो राजधानी स्थित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन् ।

बिगत लामो समय देखी हङकङमा कार्यरत लिम्बुले हालै ‘चोःलुङ पार्क’ बोलको म्यूजिक भिडियो खेलेका छन् । गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रेकर्ड भएको गीतबाट त्रिभुवनले आफ्नो मोडलिङ यात्राको औपचारिक सुरुवात गरेका हुन् । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको यस गितको म्यूजिक भिडियोमा कलाकार सोना लिम्बुलाई त्रिभुवनको जोडिको रुपमा देख्न पाईन्छ ।

तरुण युवायुवतीको पहिलो भेट मायामा प्ररिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए । थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगिता लावती, बिष्णु मोक्तान, टीआर सेनेहाङ, रविकिरण लिम्बु, फिपराज थुलुङ, रितुराज लिम्बु, दुर्गा तेयुङ लगायत छन् । भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन् ।

दिनेश माङमुको सहायक निर्देशन साथै कृष्ण सुवेदीको श्रृङगार रहेको यो भिडियो तेह्रथुमको पर्यटकिय स्थल चोःलुङ पार्क, तिन्जुरे,गुफापोखरी लगायतका क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियो तल हेर्नुहाेस्

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...