दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मोरङ, वैशाख १० । मोरङको उर्लाबारीमा मुसाहाङ वंशको चौथो महाधिवेशन सम्पन्न भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बिहीबार र शुक्रबार दुईदिनसम्म आयोजना गरिएको महाधिवेशनले विष्णुराज मुसाहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा हस्तबहादुर मुसाहाङ, उपाध्यक्षमा इछिङसा मुसाहाङ, महासचिवमा डिल्लीश्वर मुसाहाङ अम्याङसा, सचिवमा लक्ष्मीसुन्दर मुसाहाङ र कोषाध्यक्षमा यज्ञ बहादुर मुसाहाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा हर्कबहादुर मुसाहाङ, नारायण मुसाहाङ, छविलाल मुसाहाङ, फुलकुमारी मुसाहाङ र भक्तबहादुर मुसाहाङ रहेका छन् ।
लिम्बुवानको सबै क्षेत्रबाट प्रतिनिधिमुलक मुसाहाङ बंशहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अतिथिहरु सेसेमी से नाल्बो, चित्र वनेम, लोकमान पाहिम, भक्त मुसाहाङ, नारायण मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य यज्ञ बहादुर मुसाहाङले राखेका थिए भने संचालन महासचिव डिल्लीस्वर मुसाहाङले गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...