लिम्बुवान मञ्चको लालिगुरास ३ मा वडा समिती गठन

 लिम्बुवान न्युज
                       

बसन्तपुर, तेह्रथुम / लालिगुरास नगरपालिकाको वडा नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको वडा समिति गठन भएको छ । सल्लेरी गाउँमा सम्पन्न भेलाले नविना लिम्बुको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक बिकास राज्य मन्त्री बिष्णु तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न गठन कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्र खापुङ, संघीय सह सचिब सेसेहाङ चोङबाङ, सचिवालय सदस्य रमेस गजमेर, प्रान्तीय उपमहासचिव पुर्णकला तेयुङ, जिल्ला अध्यक्ष बिजय निङलेकु, क्षेत्र नं. क अध्यक्ष दिल पाक्सावा लगायतको उपस्थिति रहेको थियो ।

नव गठित समितिको उपाध्यक्षहरु कमला लिम्बू, उत्तरमान लिम्बू, इश्वरीमाया लिम्बू, भक्त ब लिम्बू,धनेन्द्र लिम्बू सचिब भक्ती ब लिम्बू, सहसचिव लीला लिम्बू कोषाध्यक्ष सम्झना लिम्बू रहेका छन् भने सदस्यहरु दिपा मगर, नर ब लिम्बू, दिल ब लिम्बू, भक्त ब लिम्बु, भगिमान लिम्बू, साइमन लिम्बू, च्याखुरे लिम्बू, कृष्ण लिम्बू, दिल ब लिम्बू, होमराज लिम्बु चयन भएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...