दोमुखामा याक्थुङ पंधाक संघको महाचुम्लुङ

 लिम्बुवान न्युज
                       

झापा, १६ बैशाक/ याक्थुङ पंधाक संघको साक्मुरा वदेम्मा तथा महाचुम्लुङ कार्यक्रम विहिवार सम्पन्न भएको छ । विहिवार झापा शिवसताक्षी –१० दोमुखामा याक्थुङ पंधाक संघ क्षेत्रीय समिति धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम, पान्थर र उर्लाबारी नगर समितिको आयोजनामा याक्थुङ पंधाक संघ केन्द्रीय अध्यक्ष अम्बर बहादुर पंधाकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा साक्मुरा वदेम्मा तथा माचुम्लुङ कार्यक्रममा वंशावली संकलक बालधोज पंधाक,प्रोफेसर सुर्यप्रकाश पंधाक,प्रोफेसर पदमदेवी पंधाक,चलचित्र निर्देशक खगेन्द्र पंधाक,दिलमाया पंधाक,खेम पंधाक,सिकिमेली याक्थुङ साहित्यकार एच बी पंधाक ,धनबहादुर पंधाक,मनकुमार पंधाक,डाक्टर लिवे पंधाक,अन्राष्ट्रिय पंधाक समाज अध्यक्ष बिट्रिश गोर्खा मेगर भुवानी पंधाक,दलबहादुर पंधाक अबोद, कलाकार प्रेम पंधाक गरी जम्मा १३ जना विशिष्ट पंधाक व्यक्तिहरुको सम्मान गरेको छ ।

पंधाक वंशावली पुस्तकमा पंधाक माङ्गेन्ना चेलीहरुलाई समेट्ने र एक भएर वंश उथानको बाटोमा लाग्ने । एकै थर भए पनि पंधाक दाजुभाईहरुले पंधाक,पन्धाक, पन्थाक,पङ्धाक,पौठाक,पन्दाक लेख्दै आएको भेटिएको हुनाले अब उप्रान्त सम्पुर्ण याक्थुङ पंधाकहरुले पंधाक थर मात्र लेख्ने र भावी सन्ततिको नाम याक्थुङ भाषामा लेख्ने । याक्थुङ भाषाबाटै बोल्न र बोलाउने, बोल्न लगाउने पंधाक संघ केन्द्रीय अध्यक्ष अम्बर बहादुर पंधाकले वताए ।

कार्यक्रममा याक्थुङ पंधाक संघ केन्द्रीय महासचिव नारायण पंधाक, भारत सिलीगुरी क्याप्टेन कृष्ण बहादुर पंधाक, पंधाक चेली पदमदेवी पंधाक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक याक्थुङ पंधाक संघ क्षेत्रीय समिति झापा,इलाम पान्थर अध्यक्ष तेजकुमार पंधाक, सहसंयोजक क्षेत्रीय समिति अग्नि पंधाक र उर्लाबारी नगर समिति अध्यक्ष भिम बहादुर पंधाकले सहजीकरण गरेका थिए ।

कार्यक्रमको संयोजक याक्थुङ पंधाक संघ क्षेत्रीय समिति झापा, इलाम पान्थर अध्यक्ष तेजकुमार पंधाकको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य याक्थुङ पंधाक संघ क्षेत्रीय समिति मोरङ सुनसरी धनकुटा सचिव सुर्य प्रकाश काङसो पंधाकले गरेका थिए भने संचालन साङसेन पंधाक र लिङदेन कल्पना पंधाकले गरेका थिए ।

कार्यक्रममा गायक राजन पंधाक, वीर पंधाक, मनु पंधाक र कोरियोग्राफर दिलमाया पंधाकको वेजोड प्रस्तुति रहेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;