अशोक चेम्जोङको “टोड्के कुसुण्डे” गीतको भिडियो सार्वजनिक
शनिबार, १७ बैशाख, २०७९ रातीको ०९:०५ बजे,
लिम्बुवान न्युज
दमक, १७ वैशाख । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको विल्कुलै नयाँ गीत ‘टोड्के कुसुण्डे’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । फिल्म निर्देशक तथा युवा नेता अशोक चेम्जोङको रचना तथा संगीत रहेको गीत आज यूट्युवबाट सार्वजनिक गरिएको हो ।
थैली इन्टरटेटमेन्टको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको निर्देशन किरण चाम्लिङ् राईको रहेको छ भने एरेन्ज कन्दन राईको छ । मुन्धुम स्टुडियोमा स्वराङ्कन गरिएको गीतलाई बादल लिम्बुले एरेन्ज गरेका छन् ।
पूर्वका चर्चित छाँयाकार भुपेन्द्र तुम्बाहाम्फेलाई पहिलो पल्ट कलाकारको रुपमा देखिने यो भिडियामा पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सोको समेत अभिनय हेर्न सकिनेछ । त्यसैगरी भिडियोमा अन्य कलाकारहरु सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च लावती, चुजन आङदेम्बे, सन्ध्या लिम्बु, शेरबहादुर तुम्सा र नगेन्द्र आङदेम्बे समेतको अभिनय रहेको छ ।
मिक्लाजुङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतलाई सुमन तामाङ र बोगेन्द्र याम्फूले खिचेका छन् भने ड्रोनमा उज्वल तामाङले साथ दिएका छन् । भिडियोलाई अनिल रानाल इडिटिङ् गरेका छन् ।
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...