अनलाइन पत्रकारिता प्रशिक्षण सम्पन्न

 लिम्बुवान न्युज
                       

कमल, बैशाख २१। अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको कमल–५ पाडाजुंगीमा सम्पन्न भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयमा प्रशिक्षणको आयोजना गरेको हो ।

जिल्ला क्रियाशील ३५ सञ्चारकर्मी सहभागी प्रशिक्षणको सहजीकरण अनलाइन क्षेत्रका अग्रज पत्रकार तथा नेपालखबर डटकमका सम्पादक अरुण बरालले गरेका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि महासंघ प्रदेश १का कोषाध्यक्ष विमल लामिछाने बुद्धिले मिसन पत्रकारितामा सबै पत्रकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । स्वतन्त्र र निष्पक्ष ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै लामिछानेले सोही अनुसार दायित्व बोध गर्न पत्रकारहरुलाई अग्रह गरे ।


प्रशिक्षण समापनमा महासंघ प्रदेश १का कार्य समिति सदस्य विष्णु सुब्बा, सहभागीहरुको तर्फबाट उमानाथ भण्डारी, सेलिङ केसी, शान्ति सुब्बाले मन्तव्य राखेका थिए । प्रशिक्षणमा सहभागी सञ्चारकर्मीले आवश्यक प्रशिक्षण तथा महासंघको भूमिका लगायतका विषयमा विभिन्न सुझाव राखेका थिए ।

महासंघका जिल्ला उपाध्यक्ष केशव भट्टराईले वर्तमान कार्य समितिले १३ महिनामा गरेको कामको जानकारी गराएका थिए । सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए । गौरादह नगरपालिकाको सहयोगमा प्रशिक्षण आयोजना गरिएको थियो । मंगलवार प्रशिक्षणको उद्घाटन गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...