अनलाइन पत्रकारिता प्रशिक्षण सम्पन्न

 लिम्बुवान न्युज
                       

कमल, बैशाख २१। अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको कमल–५ पाडाजुंगीमा सम्पन्न भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयमा प्रशिक्षणको आयोजना गरेको हो ।

जिल्ला क्रियाशील ३५ सञ्चारकर्मी सहभागी प्रशिक्षणको सहजीकरण अनलाइन क्षेत्रका अग्रज पत्रकार तथा नेपालखबर डटकमका सम्पादक अरुण बरालले गरेका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि महासंघ प्रदेश १का कोषाध्यक्ष विमल लामिछाने बुद्धिले मिसन पत्रकारितामा सबै पत्रकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । स्वतन्त्र र निष्पक्ष ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै लामिछानेले सोही अनुसार दायित्व बोध गर्न पत्रकारहरुलाई अग्रह गरे ।


प्रशिक्षण समापनमा महासंघ प्रदेश १का कार्य समिति सदस्य विष्णु सुब्बा, सहभागीहरुको तर्फबाट उमानाथ भण्डारी, सेलिङ केसी, शान्ति सुब्बाले मन्तव्य राखेका थिए । प्रशिक्षणमा सहभागी सञ्चारकर्मीले आवश्यक प्रशिक्षण तथा महासंघको भूमिका लगायतका विषयमा विभिन्न सुझाव राखेका थिए ।

महासंघका जिल्ला उपाध्यक्ष केशव भट्टराईले वर्तमान कार्य समितिले १३ महिनामा गरेको कामको जानकारी गराएका थिए । सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए । गौरादह नगरपालिकाको सहयोगमा प्रशिक्षण आयोजना गरिएको थियो । मंगलवार प्रशिक्षणको उद्घाटन गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...