अस्ताए आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा

 लिम्बुवान न्युज
                       

झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ ।

मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो ।

मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका सुब्बा आदिवासी जनजाति विकास समितिका संस्थापक अध्यक्ष पनि थिए, जसले नेपालका आदिवासी जनजातिहरूको सूची बनाएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...